×

NMB BANK
NIC ASIA

प्रदेशको हठात् निर्णय : अस्पताल सुधार्ने बहानामा करोडौंको ५ वर्षे सम्झौतालाई धक्का

भदौ १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – पश्चिम क्षेत्रकै पुुरानो (१०९ वर्ष) बुुटवलस्थित लुुम्बिनी प्रादेशिक अस्पताल चारैतिर निजी क्लिनिकले घेरिएको छ ।

Muktinath Bank

अस्पतालका आफ्नै ७३ वटा व्यावसायिक सटर भाडामा लगाइएको छ । अस्पतालमा १३ जिल्लाबाट दैनिक १ हजार बिरामी उपचारका लागि आउने गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिरामीको चापअनुसार पूर्वाधार छैन । बिरामी साँघुरो र जोखिमयुक्त भवनमा उपचार गर्न बाध्य छन् । यस्ता समस्या अन्त्य गरी बिरामीलाई सहज रुपमा उपचार गराउने उद्देश्यले प्रदेश सरकारले अस्पतालले २७ वर्षदेखि भाडामा लगाउँदै आएका ७३ वटा सटर खाली गरी अस्पताल सुुधार र क्षेत्र विस्तार गर्न जुुटेको छ तर प्रदेश सरकारले थालेको अभियानले अस्पताल सुधार्ने हो कि आम्दानी गुमाउने हो भन्ने बहस हुन थालेको छ ।


Advertisment
Nabil box
Kumari

वार्षिक ७ करोड आम्दानी हुुँदै आएका सटर खाली गराउन प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताललाई पत्रचार गरी ३ महिनाभित्र निजी क्लिनिक खाली गराएर पर्खाल लगाउन पत्राचार गरेको छ । ७३ सटर भाडामा लगाएको २ महिना नबित्दै विभागीय मन्त्रालयले खाली गराउन निर्देशन दिएको छ ।

Vianet communication
Laxmi Bank

अस्पतालले पछिल्लो पटक जेठ २८ गते ५ वर्षका लागि भाडा सम्झौता गरेको थियो । सटर भत्काएर आर्कषक बगैचा निर्माण गर्ने तथा वरिपरि कम्पाण्ड वाल लगाउने र आवश्यकता अनुुसार वार्ड निर्माण गर्ने बताइएको छ । 

प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुुदर्शन बरालले अस्पताल विस्तार गरी सर्वसुुलभ र सहज सेवा प्रदान गर्ने गरी अस्पताल विस्तार गर्न लागेको बताए । ‘अस्पतालका पुुराना भवन पनि भत्काउँछौ । भाडामा लगाएका सटर पनि भत्काएर पर्खाल लगाउने हो । अस्पताललाई सर्वसाधारण जनताको सहज उपचार गर्ने केन्द्रको रुपमा विकास गर्न प्रदेश सरकार जुुटेको हो,’ मन्त्री बरालले भने ।

निजी क्लिनिक/निजी हस्पिटलमा चिकित्सकले बढी समय दिएर बिरामीको चेकजाँच गर्ने ती सटरलाई अस्पतालले वार्षिक ७ करोड रुपैयाँभन्दा बढी आम्दानी हुुने गरी भाडामा लगाएको छ । अस्पतालले सटरहरू २७ वर्ष अगाडिदेखि भाडामा लगाउँदै आएको थियो । अस्पतालमा दैनिक १ हजार बिरामी उपचारको लागि आउँछन् । अस्पताल ५ सय शय्याको छ । 

बिरामीले समयमा सहज रुपमा उपचार सेवा पाउँदैनन् । पर्याप्त विशेषज्ञ चिकित्सक हुुँदाहुुँदै पनि महंगो शुुल्क तिरेर बिरामी निजी क्लिनिकमा जान बाध्य हुुन्छन् । किनकि अस्पतालका चिकित्सक निजी क्लिनिकमा पनि बिरामी जाँच गर्छन् ।

प्रदेशको सबैभन्दा ठूूलो अस्पतालको स्थापना १९६७ सालमा भएको हो । ३ महिनाको सूचना दिएर सटर खाली गराउन मन्त्रालय पत्राचार गरेको अस्पतालका मेडिकल सुुपरिन्टेन्डेन्ट डा. कृष्ण खनालले बताए । गएको जेठ २९ गतेदेखि टेन्डर प्रक्रियामार्फत सटर भाडामा लगाइएका थिए । 

सटर खाली गराउँदा गुुम्यो अस्पतालको ८ करोड रुपैयाँ

बिरामीलाई ठगिनबाट जोगाउन र अस्पतालको सेवा विस्तार गर्न जुुटेको प्रदेश सरकारको निर्णयबाट अस्पतालको वार्षिक ८ करोड रुपैयाँभन्दा बढी आम्दानीको स्रोत गुुम्ने देखिन्छ तर मन्त्रालयले भने भाडाका सटर (आन्तरिक स्रोत) बाट हुुने आम्दानी प्रदेश सरकारले दिने बताएको छ । 

आन्तरिक स्रोतको कमाइबाट अस्पतालले निजी स्रोतमा राखिएका करीब ३ सय कर्मचारीको तलबभत्ता वितरण गर्ने गर्दछ । अस्पतालमा करीब २ सय ३० जना कर्मचारी सरकारी दरबन्दीमा छन् । बाँकी सबैको तलब सुविधाका लागि आन्तरिक आम्दानीको भर पर्नुपर्छ । अस्पतालको आन्तरिक खर्च तथा सेवा सुविधाका लागि पनि रकम खर्च हुँदै आएको छ । एउटा सटर मासिक ५ लाख रुपैयाँसम्म भाडामा गएका छन् । 

अञ्चलबाट प्रादेशिक बन्यो, सेवा प्रवाह फेरिएन

अस्पताल प्रदेश मातहत आएपछि गत वर्ष प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयबाट लुुम्बिनी अञ्चल अस्पतालको नाम परिवर्तन गरी लुुम्बिनी प्रादेशिक अस्पताल बनाइयो । अस्पताललाई अञ्चल अस्पतालबाट प्रदेशका रूपमा विकास गरिएपनि भौतिक संरचना, उपकरणको हकमा कमजोर छ । अस्पताललाई विस्तार गर्न गत वर्षबाट प्रदेश सरकारले हात हालेपनि अस्पताल अझै कमजोर रहेको अस्पतालका पूूर्व अध्यक्ष बाबुुराम भट्टराई बताउँछन् ।

दरबन्दीअनुसार चिकित्सक अभाव छ । भिडियो एक्सरे, सामान्य एक्सरे र व्यवस्थित ल्याब छ तर भिडियो एक्सरेलगायत सुविधा सर्वसाधारणले कम पाउने गरेका छन् । जसका कारण सर्वसाधारण महंगो शुल्क तिरेर अन्यत्र उपचार गराउन बाध्य छन् । 

अस्पतालले निःशुल्क औषधि दिने भनेपनि अधिकांश बाहिरबाट किन्नुपर्ने बाध्यता रहेको सर्वसाधारण बताउँछन् । चिकित्सकले लेख्ने गरेका औषधि ‘अस्पतालको फार्मेसीमा छैन’ भन्ने जवाफ दिने गरिएको छ । सर्वसाधारणले पाउने निःशुल्क औषधि सरकारले पर्याप्त रूपमा नपठाउँदा समस्या आइरहेको छ ।

व्यवसायी भन्छन्, हाम्रो करोडौंको लगानी डुब्ने भो !

प्रदेश सरकारले डण्डा लगाएर अस्पताल परिसरमा निर्माण गरी भाडामा लगाइएको सटर भत्काउन थालेपछि व्यवसायीले विरोध गरेका छन् । अस्पतालले भने यसबारे व्यवसायीलाई अझै औपचारिक जानकारी गराएको छैन तर अस्पताललाई आएको पत्रबारे अन्यत्रबाट जानकारी पाएका व्यवसायी यतिबेला अन्योल र चिन्तामा परेका छन् । २ महिनाअघि मात्रै सम्झौता गर्दा ५ वर्षसम्म व्यवसाय गर्न पाउने ठानेर ऋणधन गरी लगानी गरेको अवस्थामा एक्कासी सटर खाली गर्नुपर्ने कुरा बाहिर आउँदा आफूहरू स्तब्ध बनेको व्यवसायी पिताम्बर शर्मा न्यौपानले बताए । 

‘सटर खाली गर्ने कुराले हामी अन्योल र पीडामा छौं, भत्काउनु नै थियो भने ५ वर्षका लागि सम्झौता किन गरियो,’ न्यौपानेले भने, ‘१ महिनाको भाडा पनि बुझायौं, अब हामी कहाँ जाने, के गर्ने ?’

व्यवसायीले मासिक ५ लाख रुपैयाँसम्म तिर्ने गरी सटरको भाडा सम्झौता भएको छ । व्यवसायी ध्रुव गिरीले भने, ‘यहाँ करोडौं लगानी भइसकेको छ, सयौं जना रोजगार छन् । हाम्रो लगानी, व्यवसाय र रोजगारीको सुरक्षाको ग्यारेन्टी नभई प्रदेश सरकारले भन्दैमा तत्काल हट्न सम्भव छैन, हामी अलपत्र र सडकमै जाने अवस्था आए व्यावसायिक संघसंस्थाको साथ लिएर आन्दोलनमा जान्छौं ।’ 

सटर भत्काएर होचो पर्खाल लगाउने हो : प्रवक्ता चौधरी

सटर भत्काएर अस्पताल विस्तार, संरचना प्रष्ट देखिने गरी होचो पर्खाल लगाउने र पर्खालभित्र बगैचा बनाएर आकर्षक बनाउने प्रदेश सरकारको योजना रहेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए । ‘हामीले तुरुन्तै सटर खाली गर्न खोजेका होइनौं, योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा कार्यदल बनाएर गृहकार्य चाहिँ गरेका छौं,’ चौधरीले भने, ‘पहिला त अहिले यी सटरबाट भइरहेको करोडौं आम्दानीको सट्टाभर्ना कसरी हुन्छ भन्ने निक्र्यौल हुनपर्‍यो ।’ 

अस्पतालका मेसु डा. कृष्ण खनालले आन्तरिक गृहकार्य गरिरहेकाले व्यवसायीलाई औपचारिक जानकारी नगराएको बताए । ‘३ महिनाको सूचना दिएर खाली गराउन सकिने व्यवस्था सम्झौतामा नै उल्लेख रहेकाले सरकारले चाहेमा हटाउन सक्छ,’ उनले भने ।

पूर्व अध्यक्षहरू भन्छन्, हतारमा निर्णय भो !

अस्पतालका पूर्व अध्यक्ष बाबुराम भट्टराई सरकारले अस्पतालको सुधारका लागि थालेको अभियान सकारात्मक भएपनि हतारमा ल्याएको बताए । ‘योजना राम्रो छ तर हतारमा आयो । कम्तीमा गुरुयोजना बनाएर काम थालेको भए राम्रो हुने व्यवसायीलाई उठिबास लगाउने गरी ल्याउन हुने थिएन,’ उनले भने ।

अस्पतालका निवर्तमान अध्यक्ष रामेश खनालले सटर हटाउनुभन्दा सेवा सुविधामा सरकारले ध्यान दिन जरुरी रहेको बताए । ‘अस्पताललाई विस्तार गर्नका लागि जग्गाको कमी थिएन । शुरूमै सटर हटाउन आवश्यक किन पर्‍यो ? करोडौं आम्दानी गुमाउनुपर्ने थिएन । उत्तरपट्टिको जग्गा पनि प्रयोग गर्न सकिन्थ्यो । अभियान राम्रो भएपनि अस्पताललाई दीर्घकालीन असर पुर्‍याउने गरेर हतारमा निर्णय आयो,’ खनालले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x