फागुन २, २०८०
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
काठमाडौं – सुपरस्टार प्रभासको बहुप्रतीक्षित फिल्म साहोलाई लगभग सबै समीक्षकले दुत्कारेका छन् ।
प्रभासका प्रशंसकहरू उनलाई हेर्न अनि फिल्मका दमदार एक्सन सिक्वेन्स हेर्न हल गए । तर क्रिटिक्स र दर्शकले फिल्मलाई नकारे ।
फिल्मले राम्रै कमाइ गरिरहेको भए पनि प्रभासको बाहुबलीको जस्तो जादू यसमा चल्न सकेको छैन ।
धेरैजसो दर्शकले सुजीतको निर्देशन निकै कमजोर भएका कारण फिल्म राम्रो बन्न नसकेको प्रतिक्रिया दिए । कताकता गुजुल्टिएको कथा, औसत स्क्रीनप्ले र आवश्यकता भन्दा बढी ट्विस्ट एन्ड टर्नलाई दर्शकले पचाएनन् ।
हिन्दी भाषामा रिलिज भएको साहोमा प्रभास आफैंले हिन्दी बोलेको सुनियो । तर प्रभासले बोलेको हिन्दी धेरै दर्शकले मन पराएनन् । प्रभासको साटो अरू कुनै कलाकारले हिन्दी डबिङ गर्नुपर्थ्यो भन्ने धेरैको मत रह्यो ।
फिल्ममा प्रभास र श्रद्धा कपूरको केमिस्ट्री पनि दर्शकहरूलाई चित्त बुझेन । सामाजिक सञ्जालमा प्रभाससँग अर्कै कुनै कलाकारलाई लिनुपर्थ्यो भन्ने आवाज उठ्यो ।
आजकल धेरैजसो फिल्म डेढदेखि दुई घन्टाका हुन्छन् । तर साहो लगभग ३ घन्टाको छ । टाइट स्क्रीनप्ले नभएकाले दर्शक बीचैमा बोर हुन्छन् ।
फिल्ममा प्रभास र श्रद्धा बाहेक ज्याकी श्रोफ, चंकी पाण्डे, महेश माञ्जरेकर, अरुण विजय र मन्दिरा बेदी जस्ता प्रतिभाशाली कलाकारको उपस्थिति छ । तर निर्देशकले ती कलाकारको उपयोग गर्र्नै जानेनन् । एकदुईवटा दृश्यमा बाहेक सबै कलाकार व्यर्थ लाग्छन् ।
एजेन्सी
वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...
बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ । हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् । यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...