×

NMB BANK
NIC ASIA

बुटवल – एनआईसी एशिया बैंकले स्थापनाको २२ औं वर्ष प्रवेशको अवसरमा नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ ।

Muktinath Bank

यसभन्दा पहिला चामत्कारिक योजना शुरू गरेको बैंकले थप ३० वटा सुविधासहितको ‘सुपर चामत्कारिक निक्षेप योजना’ शुरूवात गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकको प्रदेश नम्बर ५ प्रादेशिक कार्यालय बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी प्रादेशिक प्रमुख तिलकसुन्दर कार्कीले योजनाको विषयमा जानकारी गराएका छन् ।


Advertisment
Nabil box
Kumari

‘बैंक पनि साथी पनि राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आएको एनआईसी एशिया बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा नयाँ चामत्कारिक बचत निक्षेप योजना सार्वजनिक गरेको उनले बताए ।

Vianet communication
Laxmi Bank

उपयुक्त सुपर चमत्कारी बचत खाता, सुपर चमत्कारी नारी बचत खाता, सुपर चामत्कारिक ज्येष्ठ नागरिक बचत खाता ल्याइएको बैंकका प्रदेश ५ प्रमुख कार्कीको बताए । नयाँ सुपर चामत्कारिक निक्षेप योजनामा ग्राहकले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजार रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने छन् ।

जसअन्तर्गत परिवारका सम्पूर्ण सदस्यले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि १ करोड रुपैयाँसम्मको बीमा सुविधा, दम्पतीको लागि २५ घातक रोगको लागि ३० लाख रुपैयाँसम्मको बीमा सुविधा, परिवारका लागि १ लाख ५० हजार रुपैयाँसम्मको औषधी उपचार बिमा सुविधासमेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सुपर चामत्कारिक बचत योजनाअन्तर्गत बैंकका ग्राहकले देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्ने छन् । कर्जामा समेत विशेष छूटका साथै घरमै बैंकिङ सुविधा प्राप्त गर्न सक्ने, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा योजनाले समेटेको बैंकले जनाएको छ ।

यसैगरी बाबुनानी बचत खाता, विद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता, वैदेशिक रोजगार खाता, उद्यमशील खाता, तलब खाताको सुविधा लगायतले आम जनमानसको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्ने बताइएको छ ।

बैंकले सार्वजनिक गरेको निक्षेप योजनामा उल्लेखित सुविधाको अतिरिक्त पृथक स्वीप इन–स्वीप आउटको सुविधाबाट बचत खातामा मुद्धति खाताकै सुविधा पाइने छ । सुपर चामत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्कालाई फाइदा पुग्ने बैंकले जनाएको छ ।

बैंकका देशभर २ सय ९७ वटा शाखा कार्यालय, ३ सय ४६ वटा एटीएम, ५८ वटा एक्सटेन्सन काउन्टर र ४१ वटा शाखारहित बैंकिङ कार्यालय रहेका छन् । एनआईसी एशिया बैंकका १८ लाख ग्राहक छन् । बैंकले ३ अर्ब १५ करोडभन्दा बढी राजस्जसमेत सरकारलाई बुझाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x