मंसिर १७, २०८०
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
काठमाडौं- आज हरितालिजका तीज, हिन्दू महिलाहरू पतिको दीर्घ जीवनको कामना गर्दै ब्रत बसेर यस पर्वलाई मनाइरहेका छन् ।
तीजमा पीडा, वेदना,सुख र उत्साहका कुरा गीतमा समेट्न चलन पनि छ । त्यसैअनुसार हरेक वर्ष लगभग ५० वटा जति तीज गीतहरू बजारमा भित्रिन्छन् ।
यस वर्ष पनि तीज गीतहरू बजारमा लगभग ५० कै हाराहारीमा भित्रिए । तर आज हामी यस वर्ष दर्शकले मन पराएका ५ वटा तीज गीतबारे चर्चा गर्दैछौं ।
चिटिक्कै भा'छु रे
सिन्धु मल्लको 'चिटिक्कै भा'छु रे' बोलको गीत यस वर्ष सर्वाधिक हेरिएको गीतको सूचीमा रहेको छ । यस गीतलाई ६६ लाख ६४ हजारभन्दा बढी पटक हेरिएको छ । राजकुमार बगरले लेखेको गीतमा सिन्धु मल्लको स्वर रहेको छ । गीतको भिडियोमा आँचल शर्मालाई देखाइएको छ ।
हामी पनि नाँच्नुपर्छ बीच्चबीच्चमा
दुर्गेस थापाको 'हामी पनि नाँच्नुपर्छ बीच्चबीच्च' बोलको तीज गीत यसवर्ष सर्वाधिक मन पराइयो । विशेषगरी यस गीतलाई पुरुषहरूले पनि मन पराए । गीतलाई ६४ लाख ३० हजारभन्दा बढी पटक हेरिएको छ । शिव विकको निर्देशनमा बनेको भिडियोलाई मानिसहरूले अत्यन्तै मन पराएका छन् । गीतमा शब्द तथा संगीत पनि दुर्गेश थापाकै रहेको छ ।
अस्ट्रेलिया काण्ड
तीज गीतमा परिचित नाम हो पशुपति शर्मा । हरेक तीजमा उनले हिट गीत दिइरहेका हुन्छन् । पशुपति शर्माको यस वर्षको तीज गीत 'अस्ट्रेलिया काण्ड'लाई दर्शकहरूले मन पराएका छन् । पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा रहेको यस गीतलाई ४७ लाखभन्दा बढी पटक हेरिएको छ । यस गीतको शब्द तथा संगीत पशुपति स्वयंको रहेको छ ।
सुहायो चौपट्टै
पशुपति शर्माकै 'सुहायो चौपट्टै' बोलको गीत सार्वजनिक भएको छ । यस गीतलाई पनि दर्शकहरूले मन पराइरहेका छन् । पशुपति शर्माको शब्द तथा संगीत रहेको यस गीतमा शर्माका अलवा राजु ढकाल, देवी घर्ती मगर र सुस्मिता घर्तीको स्वर रहेको छ । यस गीतले ३८ लाखभन्दा बढी भ्यूज पाएको छ ।
पशुपतिमा
खुमन अधिकारी र रमिला न्यौपानेको स्वरमा 'पशुपतिमा' बोलको गीतलाई पनि दर्शकहरूले रुचाएका छन् । बाबुराम बोहराले लेखेको गीतलाई ११ लाखभन्दा बढी पटक हेरिएको छ । गीतलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।
गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...