×

NMB BANK
NIC ASIA

बुटवल- रूपन्देहीमा डेंगुका ३९ जना बिरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय, रूपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरीका अनुसार सोमबारसम्म जिल्लामा विभिन्न अस्पतालमा ३९ जना डेंगु संक्रमित बिरामीको उपचार भइरहेको छ ।

Muktinath Bank

भदौ पहिलो साताबाट रूपन्देहीमा देखिएको डेंगुको संक्रमण अहिले ३९ जना विरामीमा डेंगु ‘पोजेटिभ’ देखिएको छ । संक्रमित बिरामीमध्ये धेरै बुटवलका रहेको बताइएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा २२ जना बिरामीको र १७ जना विभिन्न अस्पतालहरूमा उपचार गराइरहेको गिरीले लोकान्तरलाई बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वर्षातको समयमा डेंगुको संक्रमणले ठूला–साना सबै उमेर समूहका व्यक्तिहरु प्रभावित हुन्छन्’ डा. गिरीले भने, ‘डेंगुको संक्रमण बालबालिकामा छिटो र सजिलै देखिने हुँदा अभिभावकलाई डेंगुको संक्रमणबारे जनचेतना हुनु अति आवश्यक छ ।’


Advertisment
Nabil box
Kumari

वर्षाको मौसममा किटजन्य रोगहरुमा डेंगु पनि देखिने गरेको छ । उक्त लामखुट्टे सफा पानी जमेको ठाउँमा बस्छ र डेंगु संक्रमण फैलाउँछ । डेंगु भाइरसको कारण हुने संक्रमण हो । भाइरल ज्वरोका बिरामी बढसँगै डेंगु भएकाका बिरामीहरू पनि देखिन थालेका छन् ।

Vianet communication
Laxmi Bank

पूर्वी तराईका जिल्लामा फैलिएको डेंगुको संक्रमण प्रदेश पाँचका विभिन्न जिल्लामा पनि देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलका मेडिकल सुपरिटेन्डन डा. कृष्ण खनालले अस्पतालमा दैनिक भाइरलका बिरामी आएपनि अहिले सम्म २२ जनामा डेगु पोजेटीभ देखिएको बताए खनालले किटको अभाव भएको र जिल्ला स्वास्थ्य कार्यलयबाट ७० पिस मात्र आएको बताए । अस्पतालमा भाइरल ज्वरोका बिरामी दैनिक ५० देखि माथि आउने गरेको खनालको भनाइ छ ।

प्रमुख डा गिरीले जिल्ला स्वास्थ्य कार्यालयमा २ सय पिस किट रहेको र त्यो लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताल, भैरहवालाई दिएको बताए । डा. गिरीले सचेता फैलाउनु डेंगु रोगथामको महत्वपूर्ण कार्य हुने बताए । २०६९ सालमा रुपन्देहीमा डेंगुको महामारीको रुपमा फैलिएको थियो । गत वर्ष भने खासै रुपन्देहीमा डेंगुका विरामी देखिएनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x