कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
भदौ १९, २०७६
काठमाडौं – चिनियाँ ह्याकरले नेपालका विभिन्न बैंकका एटीएम ह्याक गरेर पैसा चोरी गरेकोबारे अध्ययन गरेको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले निष्कर्ष निकाल्न सकेन ।
केन्द्रीय बैंकको भुक्तानी विभागका निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनमा ह्याकरको अनधिकृत प्रवेश कुन नेटवर्कमा भयो भनेर स्पष्ट खुलाइएको छैन ।
समितिले नेपाल र भारतका विभिन्न एटीएम मशिनबाट अनधिकृत रुपमा बढीमा ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ निकालिएको जनाएको छ । योमध्ये केही कारोबार वास्तविक रहेकाले चोरी भएको रकम घट्न सक्ने अनुमान समेत गरिएको छ ।
समितिको प्रारम्भिक अनुसन्धानबाट भदौ १४ गते शनिवार भिजा इन्टरनेसनलसँग आवद्ध नेप्सका सदस्य बैंकका कार्ड प्रयोग गरी बिहान १० बजेदेखि अपराह्न ४ः३५ बजेसम्म अनधिकृत रुपमा रकम चोरी भएको जनाइएको छ । प्रतिवेदन अनुसार नेपालबाट ७ वटा बैंकका विभिन्न कार्डहरू प्रयोग गरी १८ वटा बैंकका विभिन्न स्थानका ६८ एटीएमबाट १ करोड ८९ लाख ४४ हजार ५ सय र भारतबाट ६ वटा नेपाली बैंकका विभिन्न कार्ड प्रयोग गरी भारतका २४ बैंकका १३२ एटीएमबाट भारतीय रुपैयाँ १ करोड ५ लाख ८७ हजार २ सय रुपैयाँ रकम निकालिएको छ ।
अध्ययन प्रतिवेदनको सारांश समेटेर जारी गरिएको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘भिजा नेटवर्क वा नेप्स स्वीच वा दुई प्रणालीको बीच कहीँकतै कसैले अनधिकृत रुपमा नियन्त्रण लिई उल्लेखित अवैधानिक कारोबार हुन गएको अनुमान रहेको छ । यस सम्बन्धमा फरेन्सिक विज्ञबाट प्रतिवेदन प्राप्त गर्नुपर्ने ।’ एटीएम ह्याकिङबारे अध्ययन गर्न गठित राष्ट्रबैंकको समिति अनुमानमै सीमित भएको छ ।
समितिले फरेन्सिक विज्ञबाट घटनाको सूक्ष्म अनुसन्धान गराउनुपर्ने सुझाव दिएको छ । प्रहरीले केही चिनियाँ अभियुक्तलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको भएपनि भाषा र प्राविधिक ज्ञानको अभावले समस्या भइरहेको जनाइएको छ ।
प्रहरीले ६ चिनियाँ र ३ नेपालीलाई पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको छ । बैंकिङ प्रणालीमा ह्याकरले अनधिकृत रुपमा प्रवेश गरेर रकम चोरी गर्न सफल भएको घटनाले बैंकको प्राविधिक सुरक्षामा प्रश्न उठेको छ ।
हेर्नुस् समितिको निष्कर्ष :-
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...