×

NMB BANK
NIC ASIA

धर्म र यज्ञका नाममा ठगी गर्ने समूहबाट सावधान !

भदौ २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक समितिले शास्त्रानुसार अशुद्ध समयमा ठूला यज्ञ गर्ने नाममा सर्वसाधारण जनताबाट पैसा उठाएर धर्मका नाममा ठगी गर्ने व्यक्ति वा समूहदेखि होशियार हुन सार्वजनिक आह्वान गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

भदौ २८ गतेदेखि असोज ११ गतेसम्म पितृपक्षमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर, गुल्मीको रिडी, लमजुङ लगायतका स्थानमा गर्न लागिएको भागवत महायज्ञ शास्त्रविरुद्ध रहेकाले त्यसका नाममा यजमान बन भन्दै पैसा उठाइरहेकाले सचेत बन्न समितिले सबैमा अनुरोध गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले विज्ञप्ति जारी गरी आश्विन कृष्णपक्ष अर्थात् पितृपक्षमा पितृ कर्मबाहेक देवकर्म गर्नै नहुने शास्त्रीय वचनको बेवास्ता गरी केही नजान्ने साधारण जनतालई तान्ने उद्देश्यले ठूला विज्ञापन गरी भ्रम फैल्याउन खोजिएको उल्लेख छ । पितृसूक्तबाहेक पुराण आदि पाठ गर्नु नहुने पितृपक्षको समयमा गोकर्णमा २१६ आवृत्ति भागवत पाठ गरिने र २१ करोड बत्ती बालेर देवतालाई समर्पण गरिने भनी सञ्चारमाध्यममार्फत प्रचारप्रसार भइरहेको छ । 


Advertisment
Nabil box
Kumari

शास्त्र निषिद्ध समयमा गर्न लागिएको कार्यक्रममा सहभागी भए २१ कुलका पितृ उद्धार हुने भनी झूटको खेती भइरहेको समितिले जनाएको छ । कुनै कामना राखेर गरिने कर्म शास्त्रले निषेध गरेका महीना, पक्ष, तिथि, बार, नक्षत्र, आश्विन कृष्ण (पितृ) पक्ष, मलमास र विश्वघस्र (१३ दिनको) पक्ष, गुरु एवं शुक्र अस्ताएको र यी दुवै ग्रह बालक वा वृद्ध भएको अवस्थामा पनि कुनै कामना राखेर गरिने (काम्य) कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको विज्ञप्तिमा उल्लेख छ । 

Vianet communication
Laxmi Bank

यस्तो बेलामा दैनिक गर्नुपर्ने नित्य र अकस्मात पर्न आउने बच्चा जन्मिएको, मानिस मरेको, मृतकको काजक्रिया, जात कर्म, नामकरण, अन्नप्राशन, ग्रहण स्नान आदि नैमित्तिक कर्ममात्र गर्नुहुन्छ । प्रत्येक वर्ष मनाइने चाडबाड, व्रत पनि नित्य कर्ममै पर्ने भएकाले गर्न भने हुने विज्ञप्तिमा उल्लेख छ ।

‘वैदिक संस्कृति एवं राष्ट्रिय चरित्र ध्वस्त पार्ने कुत्सित उद्देश्य बोकेका धर्मध्वज लिङ्ग वृत्ति लिएका अर्थ लोलुप केही व्यक्तिले आयोजना गर्न लागेको उक्त कार्यक्रम सर्वथा शास्त्रविरुद्ध छ,’ समिति अध्यक्ष गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस्ता कार्यक्रमले सनातन धर्म, कर्म, संस्कार, संस्कृतिमा विकृति ल्याउने, राष्ट्र, राष्ट्रियता र एकताको विशुद्ध भावनामा कमी ल्याउने भएकाले पनि सचेत रहन समितिले सबैलाई आह्वान गरेको छ ।

वेद धर्म शास्त्रादि ग्रन्थको उपेक्षा गरी अशुद्ध समयमा गरे गराएको कर्मले कामना गरेबमोजिमको फल नदिने भएकाले सबै यजमानलाई सचेत हुन पनि समितिले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । यजमानलाई फल प्राप्त नहुने निन्दनीय कर्म गराएर दान लिने एवं द्रव्य आर्जन गर्ने व्यक्ति शास्त्रअनुसार पतित हुन्छ । त्यस्ता व्यक्तिको गति नारकीय हुन्छ भन्ने शास्त्र प्रवर्तकहरुको ठोस निर्णय छ ।

अशुद्ध समयमा कर्म गराउने पण्डित, पुरोहित भनाउँदाहरूलाई सचेत गराउँदै समितिले शास्त्रमा उल्लेख गरिएको शुद्ध समयमा मात्र कामनाले गर्ने कर्म गराउन पनि सचेत गराएको छ । समिति शास्त्रअनुसारका कर्म गर्ने समय निर्धारण एवं पञ्चाङ्ग (पात्रो) प्रकाशनका लागि स्वीकृति दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको आधिकारिक निकाय हो ।

समितिमा वेद, ज्योतिष, धर्मशास्त्र, इतिहास पुराणलगायत शास्त्रीय विषयका विद्वानलाई सरकारले नियुक्त गर्ने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x