कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं– सामान्य ज्वरो आएपछि बिहीवार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल उपचारका लागि पुल्चोकस्थित निदान अस्पताल पुगेका थिए ।
रगत परीक्षणका क्रममा डेंगुको संक्रमण देखियो, त्यसपछि उनलाई तत्काल ग्राण्डी अस्पताल धापासी लगियो । पछिल्लो समय देशभर महामारीको रूप लिएको डेंगुका भीआईपी बिरामी हुन्, मन्त्री खनाल ।
राजधानी काठमाडौं उपत्यकासहित तराईका/मधेशका अधिकांश जिल्लामा डेंगुको संक्रमण देखिएको छ ।
यस आर्थिक वर्षमा मात्र ४ जनाको मृत्यु भइसकेको छ भने २५ सयभन्दा बढी प्रभावित भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोला बताउँछन् ।
यसरी प्रभावित भएकाहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सरुवा रोग अस्पताल टेकुमा डेंगुको लक्षण देखिएका बिरामीहरू दिनहुँजसो पुग्ने गरेका छन् । यसरी पुग्नेमध्ये केहीमा डेंगुको संक्रमण पाइएको छ भने केही संक्रमण नदेखिएपछि फिर्ता भएका छन् ।
‘पछिल्लो समय डेंगु संक्रमण भयो भनेर २४ जना आएका थिए, चेकजाँच गर्दा केही पाइएन, मैले आज बिहान मात्र घर फिर्ता पठाइदिएँ,’ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले भने ।
२१ जनाको टेकु अस्पतालमा उपचार भइरहेको छ । १ सय ९ जनालाई डिस्चार्ज गरिएको उनले बताए ।
डेंगु जो कोहीलाई पनि लाग्न सक्ने भएकाले सचेत हुनुपर्ने डा. बास्तोलाको सुझाव छ ।
‘मन्त्री, तपाईं पत्रकार वा हामी डाक्टरहरू जो कोहीलाई पनि डेंगु लाग्न सक्छ, रोगले आफ्नो वा पराइ भन्दैन,’ प्रवक्ता बास्तोला भन्छन् ।
डेंगुबारे त्रास पनि बढी नै फैलिएको उनको भनाइ छ ।
‘रगत परीक्षण गरेर डेंगुको संक्रमण देखिँदैमा त्यसलाई डेंगु लागेको हुँदैन, अहिले त रगत परीक्षण गरेकै भरमा डेंगु लाग्यो अब अस्पताल भर्ना भइहाल्नुस् भन्नेजस्ता भ्रामक सूचना दिन्छन् र डर पैदा गरिदिन्छन्, त्यति धेरै डर मान्नुपर्ने अवस्था पनि भइहालेको छैन,’ डा. बास्तोला भन्छन्, ‘लामखुट्टेले सबैलाई टोक्छ, टोक्नेवाला लामखुट्टेमा डेंगुको संक्रमण छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’
मानिसहरू आफ्नै लापरवाहीका कारण डेंगु लाग्ने गरेको र सरकारले पनि पर्याप्त जनचेतना फैलाउन नसकेको उनको भनाइ छ ।
‘जसले आफ्नो घर सफा गर्दैन, जथाभावी बोत्तल र घाम नपुग्ने स्थानमा पानी फाल्दै हिँड्छ, त्यसैलाई पहिले डेंगु लाग्छ,’ प्रवक्ता डा. बास्तोलाले भने, ‘दुःखको कुरा त के छ भने डेंगु कसरी लाग्छ भन्ने चेतनासम्म सकारले जनतामा पुर्याउन सकेको छैन ।’
डेंगु सार्ने लामखुट्टे घाम नपुग्ने स्थानमा लामो समयसम्म रहने सफा पानीमा बस्ने जानकारी दिँदै उनले लामखुट्टेको लार्भा नष्ट गर्न सरकारको मुख ताकेर बस्न नहुने बताए ।
के हो डेंगु ?
लामखुट्टेको टोकाइबाट सर्ने रोग हो, डेंगु । डेंगु लाग्दा मुख्यतः ज्वरो आउने गर्छ ।
चिकित्सकहरूका अनुसार भाइरस संक्रमित एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट डेंगु सर्छ ।
डेंगुका लक्षणहरू देखिएमा तत्काल स्वास्थ्य संस्थामा जानुपर्ने चिकित्सकहरू बताउँछन् । समयमै उपचार पाएमा यो रोगबाट सजिलै बच्न सकिन्छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोला मानिसकै लापवाहीका कारण डेंगुले प्रकोपको रूप लिने गरेको बताउँछन् ।
‘हाम्रो देशमा फोहोर गर्नेलाई न नीति बनाएर कारवाही गरिन्छ, न त त्यो मान्छेले मैले फोहोर गर्दा मलाई नै रोग लाग्छ भन्ने सोच्छ, चेतनाको कमी भएपछि कसरी सम्झाउनु ?’ प्रतिप्रश्न गर्दै डा. बास्तोला भन्छन्, ‘अबका दिनमा पनि
हामीले आफ्ना घर र समाज सफा राखेनौं र लुकेका लामखुट्टेका फुल र लार्भा नष्ट गरेनौं भने यसले महामारीको रूप लिन्छ ।’
यस वर्ष सुनसरीको धरानबाट डेंगुका बिरामीहरू देखा परेका थिए ।
पूर्वी नेपालबाट शुरू भएको डेंगुको प्रकोप धरान, वीरगञ्ज, हेटौंडा चितवन हुँदै राजधानी र पश्चिम तराईका जिललाहरूमा पनि फैलिएको छ ।
नेपालका अलावा बंगलादेश, श्रीलंका लगायतका देशमा समेत डेंगुको संक्रमण देखिएको छ ।
के–के हुन् डेंगुका लक्षण ?
ज्वरो आउने,
टाउको दुख्ने,
आँखा दुख्ने,
जोर्नी दुख्ने,
पेट दुख्ने,
बान्ता हुने,
शरीरमा बिबिरा आउने,
श्वासप्रश्वास रोकिएजस्तो हुने,
दाँतका गिँजाहरूबाट रगत आउने, आदि ।
बच्ने कसरी ?
डेंगुबाट बच्न आफ्नो व्यवहारमा परिवर्तन गर्नुपर्ने प्रवक्ता डा. बास्तोलाको सुझाव छ ।
‘व्यवहार परिवर्तन गरेर अगाडि बढ्नुपर्छ, जस्तै झुल टाँगेर सुत्ने, घरवरपर फोहोर नगर्ने गर्नुपर्छ,’ प्रवक्ता बाँस्तोलाले भने, ‘जहाँ शहरीकरण धेरै हुन्छ, तापक्रम धेरै हुन्छ, त्यहीँ डेंगुका रोगी धेरै हुन्छन् ।’
लामखुट्टेको वृद्धि विकास नरोकेसम्म डेंगुको महामारी अन्त्य नहुने उनको दाबी छ ।
लामखुट्टेको वृद्धि विकास रोक्न घरवरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, सरसफाइ गर्ने लगायतका कुरामा ध्यान दिनुपर्ने सुझाव चिकित्सकहरूले दिने गरेका छन् ।
थोत्रा टिन, फूलदानी, गमला, कुनाकाप्चा लगायतमा पानी जम्न नदिने र पानीका भाँडाहरू पनि खुला राख्न नहुने प्रवक्ता बास्तोलाको सुझाव छ ।
‘हामी आजैबाट लार्भा नष्ट गर्ने र समाज सफा गर्ने अभियानमा लागौं, बल्ल डेंगुबाट मुक्ति मिल्छ’ उनले भने, ‘तर एकपटक डेंगु सकियो अब घर सफा गर्न छोडिदिए हुन्छ भन्ने धारणा हटाउनुपर्छ र दैनिक रूपमा सरसफाइमा जुट्नुपर्छ, अनि मात्र हामीले डेंगुबाट मुक्ति पाउँछौं ।’
महामारीको अहिलेको अवस्था अन्त्य हुन जाडो समय नै कुर्नुपर्ने बिडम्वना रहेको उनको भनाइ छ ।
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...