सेरेनाको सपना तुहियो, वियान्काले जितिन् पहिलो ग्रान्डस्लाम उपाधि

भदौ २२, २०७६

 काठमाडौं– अमेरिकी सेरेना विलियम्सलाई पराजित गर्दै क्यानडाकी वियान्सा एन्ड्रेस्कूले पहिलो ग्रान्डस्लाम उपाधिको रुपमा युएस ओपन टेनिसको उपाभि जितेकी छिन् ।

शनिवार भएको खेलमा उनले विलियम्सलाई ६–३र ७–५ को सिधा सेटमा हराइन् । यस जीतसँगै वियान्सा ग्राण्ड स्लाम जित्ने क्यानडाकी पहिलो खेलाडी बनेकी छिन् । 


ADVERTISEMENT

 सेरेनालाई पराजित गर्न वियान्काले १ घन्टा ४० मिनेट मात्रै समय खर्चिइन् । वियान्कासँग पराजित भएसँगै ३७ वर्षीय सेरेनाको २४औं ग्रान्डस्लाम जित्ने सपना तुहिएको छ ।

भदौ २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार