नवलपरासीको सुस्तामा कामना सेवाको ९९ औं शाखा सञ्चालनमा

भदौ २३, २०७६

काठमाडौं– नवलपरासीको सुस्तामा कामना सेवा विकास बैंककोे ९९ औं शाखा सञ्चालनमा आएको छ । बैंकले आइतवारदेखि सो शाखा सञ्चालनमा ल्याएको हो । 

कारोबार शुभारम्भ समारोहमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरुनी , वडा अध्यक्ष अशोक कुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरि प्रसाद लम्साल लगायत स्थानीयवासीहरmको उपस्थिति रहेको थियो । 
 
यससँगै बैंकको देशका विभिन्न भागहरुमा ९९ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकल एबीबीएस, एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, सी–आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ  ।


ADVERTISEMENT

भदौ २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस