मोदीको ट्वीट - 'भोलि दुवै देशका प्रधानमन्त्रीले पाइपलाइनको संयुक्त उद्घाटन गर्नेछौं'

फाइल फोटो
भदौ २३, २०७६

काठमाडौँ - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार मोतिहारी-अमलेखगंज क्रस बोर्डर पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने जानकारी दिएका छन् ।

भिडियो कन्फरेन्समार्फत पाइपलाइन उद्घाटन गर्ने भन्दै सोमवार साँझ मोदीले ट्वीट गरेका हुन् ।


ADVERTISEMENT

'भोलि मैले र नेपालका प्रधानमन्त्रीले संयुक्त रूपमा दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दैछौं,' भारतीय प्रधानमन्त्री कार्यालयको औपचारिक ट्वीटर ह्यान्डलमा लेखिएको छ, 'मोतिहारी-अमलेखगंजको पेट्रोलियम पदार्थ ओसारपसार गर्ने पाइपलाइनको उद्घाटन भिडियो कन्फरेन्समार्फत हुनेछ ।'

भारत-नेपाल उर्जा निगम आयोजनाका रूपमा रहेको मोतिहारी अमलेखगंज पाइपलाइनले दुवै देशका बीचमा नजिकको सम्बन्ध रहेको संकेत गर्ने मोदीको दाबी छ ।

लगत्तै उनले अर्को ट्वीट गर्दै भनेका छन्, 'यसले यस क्षेत्रमा उर्जा सुरक्षालाई बढावा दिनेछ र पारवहनमा लाग्ने खर्च कम गर्नेछ ।'  

 

 

 

 

भदौ २३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस