×

NMB BANK
NIC ASIA

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गत भदौ ५ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै व्यक्तिगत तहमा उत्रिएर भनाभन गरे । 

Muktinath Bank

नेता नेपालले गरेको स्वास्थ्यलाभको शुभकामनालाई अध्यक्ष ओलीले ‘चाहिँदैन’ भनेपछि विवाद चर्केको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि नेता नेपालले स्वास्थ्यलाभको शुभकामना पनि चाहिँदैन भन्ने आपराधिक मानसिकता त्याग्न सल्लाह दिएका थिए । त्यसयता दुवै नेताहरूको सामान्य बोलीचाली ठप्प भएको छ । 
उपचारका लागि १५ दिन सिंगापुरमा बिताएका ओली गत शुक्रवार नेपाल फर्केलगत्तै राजनीतिक भेटघाट तीव्र पारेका थिए ।


Advertisment
Nabil box
Kumari

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापाले बालुवाटारमै गएर ओलीलाई भेटे । तर नेपाललाई न ओलीले बोलाए, न आफैं भेट्न गए । प्रचण्डसँग त आधादर्जन पटक भेटघाट भइसकेको स्रोतको दाबी छ । 

Vianet communication
Laxmi Bank

नेकपाका स्थायी कमिटी सदस्य वेदुराम भुसालले पार्टी यसरी चल्न नसक्ने टिप्पणी गरे । ‘अध्यक्ष र वरिष्ठ नेताबीच देखिएको खटपटले पार्टी चल्दैन,’ मंगलवार लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘सिंगापुरबाट आइसकेपछि ओलीले पनि बोलाउनु भएको छैन, नेता नेपाल पनि जानुभएको छैन । फोन वार्ता पनि भएको छैन ।’

नेता नेपाल यत्तिकै बालुवाटार खासै नजाने उनले खुलासा गरे । ‘अरुबेला पनि बोलाएपछि मात्र त जाने त हो नि त्यहाँ,’ उनले भने, ‘बैठक सैठक बसेको छैन । कि त बैठक हुनुपर्‍यो, कि त व्यक्तिगत भेटघाटका लागि अध्यक्षले बोलाउनुपर्‍यो । नत्र यत्तिकै किन जाने त्यहाँ ।’

नेपाल भेट्न गएपनि ओलीले किन आउनुपर्‍यो भन्ने सम्भावना रहेको उनले बताए । ‘मानौं माधव नेपाल भेट्न जानुभयो तर ओलीले किन आएको हो भनेर प्रश्न गर्नुभयो भने के गर्ने ?’ उनले भने, ‘ताली एक हातले बज्दै बज्दैन । उहाँले कतिपय नेताहरूलाई सिंगापुर नै बोलाउनुभयो । माधव नेपाललाई फोनसमेत गर्नुभएन । यसो गर्नु ठीक हो कि होइन भन्ने बहस अब बैठकमै होला ।’

ओलीले नेता नेपाललाई पेलेर जान खोजे झन् ठूलो गल्ती हुने बताए । नेता नेपालको पार्टी्भित्रको पकड र शक्तिलाई नजर अन्दाज गर्न नहुने उनको सुझाव छ । अरु कोही चाहिँदैन, कसैको सहयोग चाहिँदैन भन्ने ठूलो दम्भ ओलीमा रहेको उनले दाबी गरे । 

‘प्रधानमन्त्री ओलीमा अरुको साथ नखोज्ने, सदासयता नखोज्ने खालको चरित्र हाबी भएको छ,’ उनले भने, व्यवहारमा ठ्याक्कै त्यस्तो देखिएको छ ।’

ओली उपचारका लागि सिंगापुर जाने जानुभन्दा केही दिन अघि बसेको बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्षका लागि प्रस्ताव गरेको थियो । ओलीले ल्याएको उक्त प्रस्तावमा अन्य ८ जना नै सहमत भएका थिए तर स्थायी कमिटी बैठकले निर्णय नगरीकन गौतमको उपाध्यक्ष पद कार्यान्वयनमा आउँदैन । 

‘पछिल्लो समयमा सञ्चारमाध्यमहरूले पनि पार्टीभित्र वामदेव गौतमलाई अगाडि ल्याउन खोजेको भनी विश्लेषण गर्न थालेका छन् तर उपाध्यक्ष पदको कुनै विशेष अधिकार हुँदैन,’ स्थायी कमिटी सदस्य भुसालले भने, ‘यदि सहमति नगरेर पेलेरै जान खोज्ने हो भने वामदेवको उपाध्यक्ष पार्टीभित्र स्वीकृत हुन्छ भन्ने के ग्यारेन्टी छ ?’

नेता भुसालले पार्टी एकताताका गरिएको विधानको मस्यौदामा महासचिव पद नै नभएको तर पछि सहमतिमै उक्त पद सिर्जना गरिएको बताए ।

‘पार्टी एकताताका विधान मस्यौदा गर्ने बेलामा दुईवटा अध्यक्षबाहेक अन्य कुनै पद नराखौं भन्ने थियो,’ उनले भने, ‘तर पछि महासचिव पद सिर्जना गरियो । त्यो सहमतिमा गरिएको थियो । अहिले पार्टीभित्र महासचिव थपिएपछि समस्याहरू देखिन थालेका छन् । यसले सकारात्मक सन्देश दिएको छैन ।’ 

५ गते बसेको सचिवालय बैठकको कुराकानी कसले बाहिर ल्यायो ?
नेकपाभित्र ५ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भएको भनाभन आफ्नो स्वार्थमा ओलीपक्षले बाहिर ‘लिक’ गराएको नेपाल पक्षको बुझाइ छ । ‘५ गतेको सचिवालय बैठकमा भएको कुराकानी शुरूमा कसरी ल्याइयो ?’ नेता नेपाल निकट एक नेताले लोकान्तरसँग भने, ‘माधव नेपालले शुभकामना दिन्न भनेको भन्दै होहल्ला गर्न खोजिएको हैन र ? तर पछि त त्यसो होइन रहेछ भनेर प्रमाणित भयो ।’ 

माधव नेपालले शुभकामना दिँदा तपाईंको शुभकामना चाहिँदैन भनेर ओलीले भनेको उनको दाबी छ । ‘शुरूमा सञ्चारमाध्यममा आएको सूचनाको स्रोत के हो ? कसले यस्तो गरिरहेको छ ? बैठकभित्र यो यो भयो भनेर बाहिर भन्दै हिंड्ने को हो ? आखिर सत्य कुरा त आयो नि त !’ उनले असन्तुष्टि व्यक्त गरे ।

नेता नेपालले कुनै अश्लील या निकृष्ट शब्द नबोलेको तर ओली पक्षले उक्त भनाभनलाई बढाई चढाई सञ्चारमाध्यममा ल्याएको विषय अबको बैठकको एजेण्डा हुने उनले दाबी गरे । ‘माधव नेपालले तपाईं यति आपराधिक ढंगले पनि सोच्न सक्नुहुने रहेछ भनेर भन्नुभएको हो,’ नेपालनिकट ति नेताले भने, ‘जब शुभकामना नै लिन्न भनेपछि के भन्ने त ?’

एकता प्रक्रिया सकिएपछि स्थायी र केन्द्रीय कमिटी बैठक !
सचिवालय बैठक २५ गते बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय गरिएको स्रोतले लोकान्तरलाई बतायो ।

नेकपाको पार्टी एकता प्रक्रिया अझै पूर्ण भएको छैन । नेकपामा अनुशासन आयोग, लेखा आयोग, प्रवास कमिटी, ज्येष्ठ नागरिक मञ्चलगायत केन्द्रीय विभाग र संगठनको एकता प्रक्रिया टुंग्याउन अझै बाँकी छ । 

‘अब बस्ने सचिवालय बैठकले एकता प्रक्रिया टुंग्याउने अपेक्षा गरिएको छ,’ प्रधानमन्त्री ओली निकट मानिने केन्द्रीय कमिटी सदस्य तथा प्रदेश नम्बर ३ का सचिव आनन्द पोखरेलले लोकान्तरसँग भने, ‘एकता प्रक्रिया सकिएपछि लगत्तै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी भएको मैले बुझेको छु ।’

बाहिर सञ्चारमाध्यममा आएजस्तो ओली-नेपालबीच ठूलो मनमुटाव नभएको पोखरेलले दाबी गरे । ’एकजना अध्यक्ष, अर्का वरिष्ठ नेता केटाकेटी जस्तो कुनै सानो कुरालाई लिएर नबोली बस्नुभएको छ भन्ने तथ्य नै गलत छ,’ उनले भने, ‘मेरो जानकारीमा आए अनुसार कुराकानी भएको छ । हुनु पनि पर्छ ।’

बीचमा बसेर नेतागिरी गर्नेहरूले धेरै कुरा बिगारेको उनले आरोप लगाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x