कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौं – दक्षिण एसियाकै पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन नेपाल–भारत क्रस–बोर्डर पेट्रोलियम पाइपलाइन मंगलवारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पाइपलाइन २ देशका प्रधानमन्त्रीले मंगलवार उद्घाटन गरेपछि औपचारिक रुपमै सञ्चालनमा आएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार दिउँसो ‘भिडियो कन्फरेन्स’मार्फत पाइपलाइनको उद्घाटन गरे ।
पेट्रोलियम पाइपलाइनमार्फत डिजेल आयात हुनेछ । पहिलो चरणमा डिजेल मात्रै आयात हुने र आवश्यक संरचना बनाइसकेपछि पेट्रोल तथा मट्टितेलको पनि आयात गरिने अमलेखगञ्ज डिपो प्रमुख प्रदीप यादवले बताए ।
पेट्रोलियम पाइपलाइनसँगै बनाइने भनेका २ वटा ट्यांकी, ल्याब लगायतका संरचना बनाउन अझै बाँकी छ । पाइपलाइनसँगै निर्माण प्रक्रिया अघि बढाएमा पाइपलाइन निर्माणमा समेत ढिलाइ हुने भएकाले ती संरचना दोस्रो चरणमा निर्माण गरिने यादवले बताए । यद्यपि पाइपलाइन निर्माणका लागि सम्झौता हुँदा पाइपलाइनसँगै अन्य संरचना पनि बनाउने सम्झौता भएको थियो तर आवश्यक संरचना निर्माण गर्दै जाने र पाइपलाइनमार्फत तेल आयात गर्दै जाँदा पनि पाइपलाइनका दीर्घकालीन फाइदा रहेका निगमका अधिकारी बताउँछन् ।
के छन् पाइपलाइनका फाइदा ?
मंगलवारदेखि सञ्चालनमा आएको पेट्रोलियम पाइपलाइनले भन्सारमा हुने ट्राफिक जाम हटाउनेदेखि वार्षिक करीब ३ अर्ब रुपैयाँ जोगाउन मद्दत गर्ने निगमका अधिकारी बताउँछन् । डिजेल मात्रै आयात गर्दा पनि वार्षिक करीब ३ अर्ब रुपैयाँ बचत हुने निगमका अमलेखगञ्ज डिपो प्रमुख यादवले जानकारी दिए । उनका अनुसार हाल मोतिहारीदेखि अमलेखगञ्जसम्म दैनिक ४ हजार किलोलिटर (४० हजार लिटर) डिजेल आयात हुँदै आएको छ ।
मोतिहारीदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पदार्थको ढुवानीको हालको भाडा दर अनुसार मासिक ३० करोड रुपैयाँ बचत हुने नेपाल आयल निगम अमलेखगञ्ज डिपो प्रमुख यादवले बताए । मासिक ३० करोड रुपैयाँ ढुवानी भाडा जोगिनुले वार्षिक ३ अर्बभन्दा बढी रकम जोगिने अनुमान गर्न सकिने यादवले बताए ।
ढुवानीका लागि ट्यांकर ओसारपसार गर्न नपर्ने भएको छ । ट्यांकर ओसारपसार रोकिएसँगै वीरगञ्ज भन्सार नाकामा हुने ट्राफिक जाममा समेत कमी आउने अपेक्षा गरिएको निगमका अधिकारी बताउँछन् । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पाइपलाइन सञ्चालनले जाम कम हुने र समयको बचत हुने बताए ।
‘ढुवानीकै लागि भनेर सवारी गुडाउन पर्दैन । त्यसले जाम कम हुन्छ,’ उनले भने, ‘समयको बचत हुन्छ । समयको बचत हुनु र जाम कम हुनु भनेको करोडौं रुपैयाँ बराबरको हिसाब हो ।’
निगमका अमलेगञ्ज डिपो प्रमुख यादवका अनुसार डिजेल मात्रै आयात गर्नका लागि हाल भारततिर साढे २ सय ट्यांकर जाने गरेका छन् । ‘अब डिजेलको आयातका लागि ट्यांकर भारततर्फ पठाउनु पर्दैन,’ उनले भने, ‘त्यसले ट्राफिक जाम कम गर्नमा मद्दत गर्छ नै ।’
पेट्रोलियम पदार्थको चोरीमा कमी आउने दाबी निगमका अधिकारीको छ । ‘यसअघि ट्यांकरमार्फत ढुवानी हुँदै आएकोमा डिजेल चोरीको जोखिम हुने गरेको थियो,’ कार्यकारी निर्देशक पैडेलले भने, ‘बेलाबेलामा त्यस्ता घटना बाहिरिएका छन् । भलै चोरीबारे आवश्यक कारवाही अघि बढायौं । अब त्यस्तो चोरी हुँदैन ।’
पौडेलका अनुसार पाइपलाइनमार्फत दैनिक ४ हजार किलोलिटर डिजेल आयात हुने र आवश्यकता अनुसार पाइपलाइनमार्फत तेल आयात गरिने छ । पाइपलाइनमार्फत तेल आयात गर्न निश्चित अवधि नतोकिएको र आवश्यताका आधारमा पाइपलाइन सञ्चालन गरी तेल आयात गरिने पौडेलले बताए ।
काठमाडौंसम्मै ल्याउन थालियो सर्वे
नेपाल आयल निगमले पेट्रोलियम पाइपलाइन काठमाडौंसम्मै ल्याउने गरी सर्वे शुरू गरेको छ । काठमाडौं–तराई द्रूतमार्ग सँगै पेट्रोलियम पाइपलाइन काठमाडौंसम्मै ल्याउन सर्वे शुरू गरिएको निगमले जनाएको छ ।
पुल्चोक इन्जिनियरिङ कलेजसँगको सहकार्यमा निगमले सर्वे शुरू गरेको निगमका कार्यकारी निर्देशक पौडेलले बताए । सेप्टेम्बर ४ तारिखदेखि सर्वे शुरू भएको र १५ दिनभित्र सर्वेको प्रतिवेदन निगममा पेश गर्न सर्वे टोलीलाई निर्देशन दिइएको पौडेलेले बताए ।
‘द्रूतमार्गको शून्य बिन्दु ललितपुरको खोकनादेखि अमलेखगञ्जसम्म सर्वे शुरू गरिएको छ,’ उनले भने, ‘भारतीय टेक्निकल विज्ञसहित पुल्चोक इन्जिनियरिङ कलेजको सहकार्यमा शुरू भएको सर्वेको प्रतिवेदन १५ दिनभित्र पेश गर्न भनेका छौं ।’
भारतीय ओयल कर्पोरेसन (आईओसी) का विज्ञसहित पुल्चोक इन्जिनियरिङ कलेजको टोलीको आयल निगमले गरेको र सर्वे सकिएपछि डीपीआर लगायतका अन्य प्रक्रिया अगाडि बढाइने पौडेलले बताए ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...