कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
बनेपा- पनौती नगरपालिका स्वास्थ्य शाखाले मंगलवार पनौतीको बजार क्षेत्रलगायत विभिन्न ठाउँमा सचेतना कार्यक्रम गरी आम नागरिकलाई डेङ्गु रोगबाट बच्ने उपायसहितका सचेतना कार्यक्रम गरेको छ ।
शुक्रराज ट्रपिकल सेन्टर (टेकु अस्पताल) काठमाडौंबाट जनस्वास्थ्य कार्यालयमा प्राप्त विवरणको आधारमा पनौती नगरपालिका–१२ मा एक जना सङ्क्रमित भएको देखिएपछि सचेतनाको लागि सो अभियान शुरू गरेको पनौती नगरपालिका प्रमुख भीमप्रसाद न्यौपानेले बताए । 'मंगलवारबाट शुरू गरिएको अभियान नगरको सबै वडामा विभिन्न कार्यक्रम गरी नागरिकलाई डेङ्गु सर्नबाट बच्ने उपायसहितको सर्तकता रहन सन्देश प्रवाह गर्दैछौं,' प्रमुख न्यौपानेले भने ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले नागरिकलाई सचेत रहनको लागि आजबाट डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने काम शुरू गरेको बताए । 'पहिलो दिन मंगलवार गरेको अभियानमा मानेश्वरी बसपार्क क्षेत्र, बजार क्षेत्र र दूध मिलसम्म र्याली गरी सचेनताका साथै लामखुट्टे बस्ने स्थान खोज्ने र लार्भा नष्ट गर्ने काम गर्यौं,' उनले भने, 'आज नगरको प्रायः सबैजसो वडामा सोही अभियानलाई निरन्तरता दिँदैछौं ।'
जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकको प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जिल्लाको १३ वटा नै स्थानीय तहमा डेङ्गु रोगसम्बन्धी सचेतना अभियान सञ्चालन गर्न पत्राचार गरिसकेको बताए । 'शुक्रराज ट्रपिकल सेन्टर (टेकु अस्पताल) काठमाडौंबाट जनस्वास्थ्य कार्यालयमा प्राप्त विवरणको आधारमा पनौती नगरपालिका–१२ र चौरीदेउराली गाउँपालिका–५ मा एक-एक जना सङ्क्रमित भएको विवरण पठाएपछि त्यसैको आधारमा जिल्लाका सबै स्थानीय तहमा सचेतना अभियान सञ्चालन शुरू गरेका हौं, ।' झाले भने, 'मंगलवार पनौती नगरपालिकामा गर्यौं, आज धुलिखेल र पाँचखाल नगरपालिका र त्यस्तै अन्य नगर-गाउँपालिकामा पनि क्रमशः सञ्चालन गर्ने छौं ।'
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...