कश्मीरमा पाकिस्तानले आतंकवादी शिविर बनाएको भारतको दाबी

भदौ २५, २०७६

काठमाडौं – भारतीय जासूसी सूत्रहरूले नियन्त्रण रेखानजिक पाकिस्तानले आतंकवादी शिविर फेरि सक्रिय बनाएको बताएका छन् । 

शिविर स्थापनासँगै सातवटा लोन्चप्याड तयार पारिएको र २७५ जना आतंकवादी पनि सक्रिय बनाएको बताइएको छ । जम्मु–कश्मीरमा अशान्ति फैलाउनका लागि अफगान र पश्तून सैनिक पनि तैनाथ गरिएको छ । 


ADVERTISEMENT

फाइनान्सियल याक्सन टास्क फोर्सले पाकिस्तानको भविष्यका विषयमा महत्त्वपूर्ण निर्णय लिने बेलामा पाकिस्तानले यो कदम उठाइरहेको हो । 

एक वरिष्ठ सूत्रले बताएअनुसार, पाकिस्तानले अफगान र पश्तून जिहादीलाई पहिले पनि परिचालन गरेको थियो । सन् १९९० को दशकमा पनि पाकिस्तानले विदेशी लडाकूहरूलाई कश्मीरमा हिंसा भड्काउन तथा आतंक फैलाउन उपयोग गर्ने गरेको थियो । 

भारतीय पत्रिका द टाइम्स अफ इन्डियाले प्राप्त गरेको महत्त्वपूर्ण कागजातमा पाकिस्तानी सेना र आईएसआईले मिलेर भारतविरुद्ध षड्यन्त्र गरेको प्रमाण फेला पारेको बताइएको छ । नियन्त्रण रेखामा पाकिस्तानले अधिकतम संख्यामा

आतंकवादीहरू तयार पारिरहेको र लोन्च प्याड निर्माणको काम पनि गरिरहेको छ । आतंकवादी उत्तरी कश्मीरको गुरेज सेक्टर हुँदै भारत प्रवेश गर्ने सुरमा रहेको बताइएको छ ।

एजेन्सी

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस