एडीबीबाट हिमालयन बैंकलाई अवार्ड

भदौ २५, २०७६

काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले हिमालयन बैंक लिमिटेडलाई टे«ड फाइनान्स कार्यक्रम अन्तर्गत उच्चतम् कारोबार गरेबापत ‘टीएफपी अवार्ड २०१९– लिडिङ पार्र्टनर बैंक इन नेपाल’ प्रदान गरेको छ ।

एसियाली विकास बैंकद्वारा हिमालयन बैंकलाई बैंकले एसिया प्रशान्त क्षेत्रमा ट्रेड फाइनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि अवार्ड प्रदान गरेको हो ।


ADVERTISEMENT

सेप्टेम्बर ३, २०१९ मा सिंगापुरमा आयोजित एडीबी ट्रेड फाइनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका महाप्रबन्धक सुशील जोशी र मुख्य प्रबन्धक सतीशराज जोशीले अवार्ड ग्रहण गरे । बैंकले यसपटक समेत तेस्रो पटक अवार्ड प्राप्त गरेको छ ।

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस