जिग्री-पाँडेको नयाँ टेलिसिरियलको नाम 'सक्किगोनि'

भदौ २५, २०७६

काठमाडौं- मिडिया हबसँगको विवादपछि 'भद्रगोल'बाट छुट्टिएका कलाकारहरूले नयाँ टेलिसिरियल ल्याउने भएका छन् । 

अर्जुन घिमिरे 'पाँडे', कुमार कट्टेल 'जिग्री', सागर लम्साल 'बले', हरि निरौला 'कक्रोज', मधुसुदन पाठक 'सीते बा'लगायतका २१ जना कलfकारहरू अब 'सक्किगोनि' मार्फत पुन: टेलिभिजनको पर्दामा देखिने भएका छन् । 


ADVERTISEMENT

बुधवार मधुसुदन पाठक 'सीते बा'ले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस राख्दै यसबारे जानकारी गराएका हुन् ।

उनले लेखेका छन्, 'थप जिम्मेवार बन्दै, नया चुनौतीका साथ, दर्शकहरूको साथ र मायाको अपेक्षा राख्दछौं ..सक्किगोनि अब  !'

असोज २ गतेदेखि नेपाल टेलिभिजनमा बिहीवारदेखि 'सक्किगोनि' हेर्न पाइनेछ । 

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस