एसिया कपमा सहभागी नेपाली यू-१९ क्रिकेट टोली स्वदेश फिर्ता

प्रतिकात्मक तस्वीर
भदौ २५, २०७६

काठमाडौं– श्रीलङ्कामा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा सहभागिता जनाएको नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

एसिया कपको समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टोली आज नेपाल आइपुगेको हो । समूह चरणमा तीन खेल खेलेको नेपालले एक खेलमा जीत तथा दुई खेलमा हार बेहोरेको थियो । मङ्गलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई १६० रनले पराजित गर्दै सान्त्वना जीत निकालेको थियो ।


ADVERTISEMENT

त्यस्तै नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग पाँच विकेटको हार व्यहोरेको थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ६ विकेटले पराजित हँुदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले तीन खेलमा दुई अङ्क जोडेको थियो । समूह चरणबाटै बाहिरिएको नेपाल तेस्रो स्थानमा रह्यो । यस समूहबाट श्रीलङ्का र बङ्गलादेशले सेमिफाइनलमा स्थान बनाएको छ । 

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस