महिला विद्यार्थी क्याम्पस छिर्नुअघि अनुहारको मेकअप पुछिदिए यी शिक्षकले, उठ्यो विवाद (भिडियो)

भदौ २५, २०७६

काठमाडौं – चीनको एक माध्यमिक विद्यालयका एक शिक्षकले महिला विद्यार्थीहरूलाई क्याम्पस पस्नुअघि अनुहारको मेकअप पुछेको घटनाले विवाद जन्माएको छ ।

गुइझु प्रान्तमा रहेको विद्यालयका प्रवक्ताले विद्यार्थीहरू बेस्सरी मेकअप गरेर आउन थालेपछि त्यसमा प्रतिबन्ध लगाउने निर्णय लिइएको बताए । 


ADVERTISEMENT

अधिकांश विद्यार्थीहरू ‘पछि छोडिएका’ किशोरी भएको उनले बताए । अर्थात्, ती विद्यार्थीका आमाबुवा ठूला शहरमा बस्ने र काम गर्ने गर्छन् । त्यसैले उनीहरूको रेखदेख गर्ने र उचित मार्गनिर्देशन गर्न शिक्षकहरूले जिम्मेवारी लिएको उनको भनाइ छ । 

घटना मंगलवार नम्बर थ्री माध्यमिक विद्यालयबाहिर भएको बेइजिङ न्युजले लेख्यो । 

विद्यार्थीहरू बिदा सकिएपछि विद्यालय फर्किएको बताइएको छ । 

घटनाको भिडियो फूटेजमा किशोरीहरूको एक समूह विद्यालयबाहिर पंक्तिबद्ध भएर उभिरहेको अनि एक शिक्षकले थोत्रो कपडा लिएर एक किशोरीको अनुहारको मेकअप पुस्दै त्यसलाई बाल्टिनमा चोबलेर अर्को विद्यार्थीको अनुहार पुछ्न थालेको देखिन्छ । 

अर्का एक शिक्षकले भिडियो खिचेका हुन् । 

भिडियो वीबो नामक सामाजिक सञ्जालमा भाइरल भयो अनि विद्यार्थीहरूले मेकअप लगाउनुहुन्छ कि हुँदैन भन्ने विषयमा त्यसले बहस जन्मायो । 

वीबोमा गरिएको सर्वेक्षणमा ६४ प्रतिशत सहभागीहरूले विद्यालयको नीतिप्रति सहमति जनाए ।

एजेन्सी 

भदौ २५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस