लद्दाख सीमामा भारतीय र चिनियाँ सैनिकले गरे धकेलाधकेल

भदौ २६, २०७६

काठमाडौं – बुधवार भारत र चीनका सैनिकहरू पूर्वी लद्दाखमा भिडेका छन् । सूत्रहरूका अनुसार, भारतीय र चिनियाँ सैनिकबीच लामो समयसम्म धकेलाधकेल भयो ।

घटना प्यागोङ तालको उत्तरी किनारामा भएको हो ।


ADVERTISEMENT

एक सूत्रले बताए, ‘भारतीय सैनिक गश्तीमा थिए र त्यसै क्रममा उनीहरू चीनको जनमुक्ति सेनासँग ठोकिन पुगे । चिनियाँ सैनिकहरूले चीननियन्त्रित उक्त क्षेत्रमा भारतीय सैनिकको उपस्थितिको विरोध गरे अनि सैनिकहरूबीच धकेलाधकेल भयो । दुवै पक्षले उक्त क्षेत्रमा आफ्ना सैनिकको संख्या बढाए । राति अबेरसम्म संघर्ष भयो । 

टाइम्स अफ इन्डियाले भारतीय सेनासँग सम्पर्क गर्दा तनाव कम गर्नका लागि स्थापित द्विपक्षीय व्यवस्था अन्तर्गत ब्रिगेडियर स्तरका अधिकारीहरूबीच कुराकानीको सहमति बनेको जानकारी पायो । एक अधिकारीले भने, ‘लाइन अफ एक्चुअल कन्ट्रोलको स्थितिका विषयमा दुवै पक्षबीच भिन्न मान्यताका कारण यस्ता घटनाहरू भइरहेका हुन्छन् । बोर्डर पर्सनेल मीटिङमार्फत यसको समाधान गरिन्छ ।’

प्यागोङ तालको उत्तरी किनारामा सन् २०१७ को अगस्ट १५ मा पनि भारत र चीनका सैनिकहरू भिडेका थिए । त्यतिखेर एकअर्काले ढुंगा र फलामको रड प्रहार गरेका थिए । त्यही वर्ष सिक्किम भुटान र तिब्बतको सीमामा रहेको दोक्लममा दुवै सैनिकबीच ७३ दिनसम्म आमनेसामनेको स्थिति थियो । सहमति बनेपछि बल्ल दुवै सैनिक उक्त क्षेत्रबाट हटेका थिए ।

एजेन्सी
 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार