×

NMB BANK
NIC ASIA

विषादी प्रयोगले माहुरी मर्न थालेपछि किसान चिन्तित

भदौ २६, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

जुम्ला- माहुरीका लागि उर्वर क्षेत्र मानिएको जुम्लाका किसान केही समययता भने चिन्तित बनेका छन् ।

एकाएक माहुरी मर्न थालेपछि उनीहरू चिन्तित बनेका हुन् । महको बजार अभाव नभएको र माहुरीका गोलाको समेत माग अत्यधिक रहेका बेला एकाएक माहुरी मर्न थालेपछि समस्या भएको चन्दननाथ नगरपालिका–५ का कृष्ण बुढाले बताए । 

'दिन प्रतिदिन माहुरी मर्दै गएका छन् । कृषि प्राविधिकलाई सोध्दा बालीनाली तथा फलफूलमा विषादीको प्रयोगले माहुरी मर्ने गरेको बताएका छन्,' बुढाले भने । जुम्लालाई जिल्ला परिषद्बाट विषादी प्रयोगरहित घोषणा गरिएको थियो । तर, त्यसको कार्यान्वयन नहुँदा विषादीको प्रयोग नघटेको उनको भनाइ छ । पराम्परागत रूपमा माहुरीपालन गर्दै आएका उनले १० वटा आधुनिक घार पनि राखेका छन् ।  

हरेक दिन घार बाहिर मरेका माहुरी भेटिन थालेको उनको भनाइ छ । ‘दिनदिनै मरेका माहुरी देखिन्छन् । घार रित्तिँदै गएको छ,’ बुढाले दुःखेसो पोखे । वातावरण विनाशसँगै माहुरीको चरन क्षेत्र घट्दै गएको अर्का माहुरी किसान सरोज शाहीले गुनासो गरे । झन् त्यसमा बालीनालीमा विषादी प्रयोग हुन थालेपछि समस्या भएको उनको भनाइ छ । ‘धान खेतमा अत्यधिक विषादी प्रयोग भइरहेको छ । जसले गर्दा माहुरी पानी खान गएपछि मर्ने गरेको छ,’ उनले भने ।

सेरेना जातको माहुरीका लागि जुम्लाको हावापानी उपयुक्त मानिन्छ । यहाँ भौगोलिक अवस्था र चरन क्षेत्र पर्याप्त रहेको छ । जसले गर्दा महको उत्पादन बढ्दै आएको थियो । कृषि विकास कार्यालयका अनुसार, आर्थिक वर्ष ०७२/७३ मा दुई हजार पाँच सय किलोग्राम मह उत्पादन भएको थियो भने आर्थिक वर्ष ०७३/७४ मा दुई हजार आठ सय किलोग्राम उत्पादन भएको थियो ।

त्यस्तै आर्थिक वर्ष ०७४/७५ मा दुई हजार एक सय किलोग्राम मह उत्पादन भएको तथ्याङ्क छ । अझै पनि जुम्लामा माहुरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाको भनाइ छ । जिल्लाको विभिन्न भागमा परम्परागत र आधुनिक घारमा किसानले माहुरीपालन गर्दै आएका छन् । माहुरी जोगाउन विषादीको प्रयोग रोक्नुपर्ने उनको भनाइ छ । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x