खाना तार्ने भाँडो पड्केपछि १ महिलाको मृत्यु, १४ घाइते

भदौ २६, २०७६

काठमाडौं – जर्मनीको फ्रोडेनबर्ग गाउँमा खाना तार्ने भाँडो पड्केपछि डढेर एक महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । 

पाँचजना जीवनमरणको स्थितिमा छन् । तीमध्ये चारजनालाई आगोले डढाएर अनि एकजनालाई हृदयघात भएर जीवनमरणको स्थिति आइलागेको हो । 


ADVERTISEMENT

ब्याकेस्फेस्ट नामक महोत्सव चलिरहँदा घटना भएपछि आगोले पोलेका पीडितहरू यताउता दौडिएको प्रत्यक्षदर्शीहरूले बताए । 

पीडितहरूको उमेर ३१ देखि ७५ वर्षसम्म रहेको जर्मन समाचार संस्था डीपीएले सोमवार लेख्यो । 

ठूलो भाँडोमा तताइराखेको तेल पड्किएकाले घटना भएको जस्तो देखिने प्रहरीको भनाइ छ । महोत्सवमा १०० जना जति उपस्थित थिए । 

तातो तेलमा वर्षाको पानीका थोपा परेपछि विस्फोट भएको हुन सक्छ । तर वास्तवमा के भएको हो भनी थाहा पाउन धेरै दिन लाग्ने अनुसन्धानकर्मीहरूले बताएका छन् ।

फ्रोडेनबर्ग शहरकी मेयर निकोल रेश्केले यो एक दुर्घटना भएको बिल्ड पत्रिकालाई बताइन् । 

एजेन्सी
 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस