कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आम्स्ट्रडम - गैर आवासीय नेपाली संघ युरोप क्षेत्रीय संयोजकमा नेदरल्याण्ड्सबाट समाजसेवी तथा युवानेता नारायण आचार्यले उम्मेद्वारी घोषणा गरेका छन् ।
गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सको २०११/२०१३ का अध्यक्ष भइसकेका आचार्य हाल अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य छन् ।
नेपालको राजनीतिक जीवनबाट निखारिएका आचार्य व्यवस्थापन संकाय अन्तर्गत नेपालकै ठूलो क्याम्पस शंकरदेव काठमाडौंको २०५५/२०५७ का स्ववियु सभापति भइसकेका व्यक्तित्व हुन् । उनी नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य एवं समन्वय विभागका प्रमुख भई काम गरिसकेका हुन् भने अहिले आचार्य सामाजिक व्यक्तित्वको रूपमा युरोपेली नेपाली डायस्पोरामा स्थापित छन् ।
नेदरल्यान्डस्मा व्यवसाय गरेर बसेका आचार्यलाई गैर आवासीय नेपाली संघ भित्र सबैलाई मिलाएर लैजान सक्ने र व्यवस्थित समन्वय गर्न सक्ने असल व्यक्तिको रूपमा परिचित मानिन्छन् ।
गैर आवासीय नेपाली नागरिकताको विषमा सरकारले ल्याएको विधेयक आँफैमा पूरा नभएको र यसलाई पूर्णता दिन उच्चस्तरीय राजनैतिक लबी आवश्यक हुने भएका कारण युरोपेली डायस्पोरामा आर्चायलाई एउटा संभावनका रुपमा हेरिन थालिएको छ ।
युरोपेली मुलुकमा रहेका सबै राष्ट्रिय समन्वय समितिहरूको घनीभूत समन्वय गरी नेपालको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा नेपालको कुनै एक जिल्लामा पाइलट परियोजना शुरू गर्ने कार्ययोजना आचार्यले अगाडि सारेका छन् ।
कम्तिमा पन्ध्र हजार भन्दा बढि नेपाली भएका पोर्चुगल लगायतका देशमा नेपाली दूतावासको स्थापनाका लागि पहल गर्ने तथा नेपालको पर्यटन प्रवर्द्धन क्षेत्रमा विषेश कार्यक्रमसहित अगाडि बढ्ने उद्देश्यका साथ आचार्यको उम्मेद्वारी आएको हो । उनले बेलायतका भूतपूर्व गोर्खाका आवाजहरुलाई समेत बुलन्द गर्ने लक्ष्य राखेका छन् ।
एनआरएन अभियानमा केही योगदान दिने आफ्नो पनि लक्ष्य रहेको आचार्यले बताए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...