असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
काठमाडौं–नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको १५२औँ जन्मजयन्तीको अवसरमा उनको व्यक्तित्व र कृतित्वको बारेमा बिहीबार चर्चा गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले आयोजना गरेको गोष्ठीमा महाजुले नेपालभाषाको साहित्यमा पुर्याएको योगदानको चर्चा गरिएको हो ।
महाजुको कृतित्व र व्यक्तित्व विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा ओमकारेश्वर श्रेष्ठले दुःख र कष्ट सहन बाध्य हुँदाहँुदै ५० ओटा पुस्तक दिएर नेपाल भाषाको उत्थानका लागि ठूलो गुन लगाउने काम गरेकाे बताए। “रोजीरोटीका लागि मजदूरी गर्दै आफ्नो मातृभाषाको विकासमा आफैं खर्च गरेर पुस्तक प्रकाशन गर्नु निकै गाह्रो विषय हो”, उनले भने, “उहाँको योगदानको जति वयान गरे पनि कम हुन जान्छ ।”
सिद्धिदासले विसं १९६३ देखि १९७१ सम्म पण्डित चक्रपाणि चालिसेसँग सङ्गत भएपछि चालिसेबाटै छन्द लेख्न सिकेको उहाँले बताए। डा श्रेष्ठले नेपाली भाषामा मोतीराम भट्टले अघि बढाएको विधालाई सिद्धिदासले नेपाल भाषाबाट चरमोत्कर्षमा पुर्याएको बताए। “उहाँका विचार पढ्दा उहाँ शुरुमा परम्परावादी देखिनुभयो” उनले भने, “पछिल्लो चरणमा उहाँमा साहित्यिक व्यक्तित्व प्रचुर मात्रमा बढ्यो ।” डा श्रेष्ठका अनुसार समाजलाई बुझेर विचार व्यक्त गर्दा सिद्धिदास समाजभन्दा एक कदम अघि देखिएका छन् ।
कार्यपत्रमाथि प्राध्यापक डा प्रेमशान्ति तुलाधरले टिप्पणी गरेका थिए । “उहाँको योगदानलाई सधैँ सम्झिरहनुपर्ने छ”, तुलाधरले भने, “आफूमा भएको चेतना समाजलाई बाँड्दै नेपाल भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा उहाँको योगदान प्रशंसायोग्य छ ।”
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले प्रतिष्ठानले विभिन्न मातृभाषामा योगदान पुर्याएका श्रष्टाहरुको सम्झनामा निरन्तर कार्यक्रम गरिरहेको बताए। “एक समाजले अर्को समाजलाई बुझ्नको लागि मातृभाषाले धेरै सहयोग पुर्याइरहेको हुन्छ”, उनले भने, “बहुलताको अस्तित्वबाटै नेपाली समाज अघि बढेको छ ।” उहाँले सिद्धिदासको जीवनीका बारेमा पनि थप जान्ने मौका मिलको बताए।
उपकुलपति जगमान गुरुङले मातृभाषामा योगदान दिएका साहित्यकारहरुकै कारण विभिन्न भाषाहरु लोप हुनबाट जोगिएको बताए। उनले साहित्यकारहरुलाई मृत्युपछि मात्रै नभएर बाँचुञ्जेल पनि उत्तिकै सम्मान र माया गर्नुपर्ने धारणा राखे। प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले उच्च साधना गरेर करीब ५० ओटा कृति प्रकाशनमा ल्याउने महाजुलाई सम्झन पाउँदा आफूलाई खुसी लागेको बताए।
विभागका प्रमुख लक्ष्मी मालीले नेपालमा बोलिने १२३ भाषाहरुको संरक्षण र विकासमा विभागले ध्यान केन्द्रित गरिरहेको बताए। “सबै मातृभाषामा लेखिएका साहित्य सिर्जना हाम्रा सम्पत्ति हुन”, उनले भने, “भाषा साहित्य र संस्कृति एक आपसमा अन्तरसम्बन्धित पक्षहरु हुन् ।”
सिद्धिदासका सिद्धिरामायण, सत्यसती, सुखसागर (प्रेमसागर), सज्जन कण्ठाभरण, सत्यऋण, सरल श्रुतबोध, शारदा भजन, सुख दुःख, बिजुली, सगदोष, साधारण धर्म, सर्वभक्ति, सदां लिला, सज्जन हृदयाभरण, सतनीति, संवाद, सकतां, सनातम धर्म, समाचार, सर्वकर्म, सत्यमदन, शिवविलाशलगायतका कृति प्रकाशित छन् ।
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...