कात्तिक २०, २०८०
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
काठमाडौं–स्थानीय उत्पादनलाई प्रोत्साहन दिने गरी सरकारले बिक्री थालेको कर्णालीको सिमी र तितेफापर सहुलियत मूल्य पसलबाट बिक्री भइरहेको छ ।
दशैं, तिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी सरकारले सञ्चालन गरेका सहुलियत मूल्य पसलमा कर्णालीका स्थानीय उत्पादन सिमी र तितेफापर बिक्री भइरहेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत मूल्य पसलमार्फत काठमाडौं उपत्यकामा कर्णालीको सिमी र तितेफापर बिक्री भइरहेको कम्पनीका प्रबन्ध निर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
उनका अनुसार सहुलियम मूल्य पसलबाट सिमी र फापर १० रुपैयाँ सस्तोमा बिक्री भइरहेको छ ।
यसअघि कर्णालीबाट खरिद गरेर ल्याएर थापाथली स्थित कम्पनीको गोदामबाट प्रतिकिलो १ सय ३० रुपैयाँका दरले बिक्री गरिरहेको सिमी सहुलियत मूल्य पसलमा १ सय २० रुपैयाँका दरले बिक्री भइरहेको छ ।
यसअघि थापाथलीमा ८० रुपैयाँ प्रतिकिलोका दरले बिक्री गरिरहेको तितेफापर सहुलियत मूल्य पसलमा प्रतिकिलो ७० रुपैयाँमा बिक्री भइरहेको छ ।
यअसघि केन्द्र सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कर्णालीको सिमी र फापर काठमाडौं उपत्यकामा ल्याएर बिक्री गर्दै आएको थियो ।
आर्थिक वर्ष २०७०/०७१ देखि बिक्री थालिएको सिमी र फापरको पछिल्लो समय उत्पादन बढेपनि बिक्री घटेको छ ।
थापाथली गोदामबाट मात्रै बिक्री भएका कारण खुद्रामा बिक्री हुन नसकेको भन्दै सहुलियम मूल्य पसलमा राखिएको खाद्य व्यवसाय तथा व्यापार कम्पनीका खरिद बिक्री विभाग प्रमुख लालमोहन ठाकुरले जानकारी दिए ।
‘थापाथली गोदामबाट मात्रै बिक्री गर्ने गरिएको थियो’ उनले भने, ‘१ किलो, २ किलो खरिद गर्न टाढाबाट खासै आउन नरुचाउने हुनाले त्यो बिक्री हुन सकेन ।’
थापाथली गोदामबाट बिक्री नभएपछि कम्पनीले गत असार ४ गते थोकमै बिक्री गर्नका लागि टेण्डर आह्वान गरेको थियो २१ दिनको अवधि दिँदै गरिएको टेण्डर आह्वानमा कुनै पनि टेण्डर नपरेकोले सहुलियम मूल्य पसलबाट बिक्री गरिरहेको कम्पनीका प्रतिनिधिहरूले बताए ।
सहुलियत मूल्य पसल सञ्चालन हुनुअघिसम्म कम्पनीसँग ७१७ क्वीन्टल सिमी र ६५४ क्वीन्टल तितेफापर मौज्दात रहेको थियो ।
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...
नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो । यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ । ...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...