सर्लाहीमा गोली हान्ने २ जना पक्राउ

भदौ २९, २०७६

सर्लाही -सर्लाहीका राजेश साहमाथि गोली प्रहार गर्ने २ जना पक्राउ परेका छन । 

ईश्वरपुर नगरपालिका-११ बस्ने ३५ वर्षीय राजेश साह खैराबजार नजिक शुक्रबार साँझ गोली प्रहार हुँदा  गम्भीर घाइते भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । 


ADVERTISEMENT

 पक्राउ पर्नेहरुमा ईश्वरपुर नगरपालिका-११ बस्ने २७ वषका रन्जित राय र ३२ वर्षका उमेश साह रहेका छन् । 

 रंजित रायले चलाएको मोटरसाइकलमा खैराबजार गएका राजेश साहले सोही ठाउँस्थित निर्माणधिन घरमा आफ्नो साथमा बोकी राखेको पेस्तोल निकाली आफ्ना भाइ उमेश साहलाई देखाउँदा उमेशले उक्त पेस्तोल लिई आकाशतर्फ १ राउण्ड फायर गर्दा घरको छतमा सानो प्वाल परेपछि रंजितले पेस्तोल खोसी आफ्नो साथमा राख्ने क्रममा पड्किदा राजेशको पेटमा गोली लागेर घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । 

घाइते राजेशको नेशनल मेडिकल कलेज वीरगंजमा उपचार भइरहेको छ । 

घरबाट गोलीको खोका १ थान, उनीहरुले बताए अनुसार सोही नगरपालिका-११ स्थित खैरातर्फ जाने बाटोको झाडीमा, गोलीको खोका अडकीएको अवस्थामा मेडइन यूएसए लेखेको पेस्तोल १ थान, उक्त पेस्तोलमा प्रयोग हुने गोली २ राउण्ड र म्याग्जिन १ थान प्रहरीले बरामद गरेको छ ।
     
 

भदौ २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस