पुस २७, २०८०
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ओसामा बिन लादेनका छोरा हमजा मारिएको शनिवार पुष्टि गरेका छन् ।
हमजा मारिएको घोषणा गर्दै अमेरिकी राष्ट्रपतिले अमेरिकी सेनाको प्रतिआतंकवादी कारवाहीमा अफगानिस्तान/पाकिस्तान क्षेत्रमा उनको मृत्यु भएको बताए । हमजा ठ्याक्कै कहाँ मारिएको भनी निश्चित जानकारी दिइएको छैन र कहिले मारिएको पनि भनिएको छैन ।
सूत्रहरूलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जुलाई महिनामा हमजा मारिएको खबर प्रकाशित गरेको थियो । खबरअनुसार, हमजा सन् २०१७ देखि २०१९ बीच गरिएको कारवाहीमा मारिएका हुन् ।
ओसामाका जीवित तीन पत्नीमध्ये एक खैरियाह साबरका छोरा हमजा विगत केही वर्षमा अलकायदामा तीव्रताका साथ अघि बढिरहेका थिए । अलकायदामा उनको कद निकै बढिरहेको थियो । उनले बहालवाला प्रमुख अल–जवाहिरीको ठाउँ लिने विश्लेषकहरूको मत थियो ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले हमजालाई प्रतिबन्धित आतंकवादीको सूचीमा राखेको थियो । यसै वर्षको मार्च महिनामा साउदी अरबले उनको नागरिकता रद्द गरिदिएको थियो ।
अफगानिस्तान–पाकिस्तान क्षेत्रमा हमजाको मृत्यु भएको हो भने त्यो तालिबानको प्रभावक्षेत्र हो । केही दिनअघि तालिबान र अमेरिकाको शान्तिवार्ता भंग भएको थियो ।
उक्त वार्तामा अलकायदाका विषयमा सम्झौता भएको थियो । सम्झौताअनुसार, तालिबानले आफ्नो क्षेत्र अलकायदालाई प्रयोग गर्न नदिने भएको थियो ।
एजेन्सी
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...