स्रोत नखुलेको १३ लाख रकम र ४१ लाखको चेक सहित १ जना पक्राउ

भदौ ३०, २०७६

काठमाडौं – स्रोत नखुलेको १३ लाख रकम र ४१ लाखको चेक सहित १ जना पक्राउ परेका छन ।

काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वर चोकबाट काठमाडौं डल्लु बस्ने ओखलढुंगा मोलुङ गाउँपालिका–५ का २२ वर्षीय उमेश कुमार मगरलाई स्रोत नखुलेको नगद १३ लाख ९ हजार ७ सय ५ रुपैंया र विभिन्न बैंक तथा वित्तिय संस्थाको ४१ लाख ६२ हजार ५ सय रुपैयाँ बराबरको चेक सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उमेश सवार प्रदेश नम्बर ३–०२–००५ प ६१५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद र चेक फेला पारी स्कुटर सहित उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
    

 

भदौ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस