पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बुटवल- बुटवल उपमहानगरपालिकाले पहिलो पटक नगर प्रहरीका लागि विशेष तालिम सञ्चालन गरेको छ । प्रहरी तालिम केन्द्रमार्फत उनीहरूलाई प्रहरीको आधारभूत तालिम सञ्चालन गरिएको हो ।
पाँच नम्बर प्रहरी तालिम केन्द्र बुटवलमा पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम लिएका १६ जनालाई सोमवार एक समारोहका बीच प्रहरी तालिम केन्द्रमा दिक्षित गराएको छ ।
नगर प्रहरीका एक जना प्रहरी सहायक निरीक्षक १, नगर प्रहरी हवल्दार ३ र नगर प्रहरी जवान १२ जनाले २५ दिनसम्म आवासीय रूपमै विभिन्न तालिम लिएका थिए । स्थानीय सरकारले प्रहरी तालिम केन्द्रमार्फत यस प्रकारको तालिम सञ्चालन गरेको नेपालमै पहिलो रहेको बताइएको छ ।
बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले तालिम लिएर दिक्षित भएका नगर प्रहरीहरूलाई प्रमाणपत्र र दर्ज्यानी चिन्ह प्रदान गर्दै पेशागत र व्यावसायिक काममा कुशलतापूर्वक खट्न आग्रह गरे ।
त्यसअवसरमा बुटवल उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले नगर प्रहरीको उत्तरदायित्वलाई सही ढंगले वहन गर्दै पेशागत मर्यादा राख्नुपर्नेमा जोड दिए ।
प्रदेश नं.५ प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक डा.गणेश रेग्मीले बुटवल उपमहानगरपालिकाले नमुना कामको थालनी गरेको भन्दै सहकार्य जारी राखिने बताए ।
प्रहरी अनुशासन, सुरक्षाकर्मीको काम कर्तव्य तथा हुनुपर्ने गुणहरू, कार्यालय सुरक्षा विधि, सुरक्षा परिचय प्रकार, महत्व र ध्यान दिनुपर्ने कुराहरू, टेलिफोन हैण्डलिङ तथा आगन्तुक अभिलेख, खतराको परिचय तथा खतराको मूल्यांकनका आधारहरू, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, जुलुस तथा आमसभाको सुरक्षा व्यवस्थाका बारेमा तालिम दिइएको समादेशक वरिष्ठ प्रहरी उपरीक्षक डा.रेग्मीले बताए ।
उनीहरूलाई फुटपाथको व्यवस्थापन, ट्राफिक तथा ई-रिक्साको व्यवस्थापन, आट बजार व्यवस्थापन, अग्नी नियन्त्रण र सरसफाई तथा फोहर नियन्त्रण व्यवस्थाका बारेमा विशेष तालिम दिइएको थियो । जनसम्पर्क तथा सूचना संकलन, प्राथमिक उपचार तथा घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण नियन्त्रणका बारेमा नगर प्रहरीले तालिम लिएका छन् ।
सो अवसरमा तालिम केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक रामबहादुर केसी, पाँच नम्बर ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक मधुसुदन लुइँटेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भट्टराईलगायतले दिक्षित भएका नगर प्रहरीलाई शुभकामना दिंदै कुशलतापूर्वक काम गर्न आग्रह गरे । प्रहरी तालिम केन्द्रका प्रहरी निरीक्षक कमल परियारले तालिमको संयोजन गरेका थिए ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...