×

NMB BANK
NIC ASIA

अवैध बालुवा उत्खननमा संलग्न स्काभेटर प्रहरी नियन्त्रणमा

भदौ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बेत्रावती– नुवाकोटका नदी र खोलामा अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेटर (हेभी उपकरण) प्रहरीले नियन्त्रणमा लिएर साङ्लो लगाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नदी र खोलाबाट अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टर रोक्न चुनौती देखिएपछि कारवाहीस्वरूप यो वर्ष नियन्त्रणको नयाँ तरिकाअन्तर्गत साङ्लो लगाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नदीको अवैध उत्खनन गरेर बालुवा निकाल्ने समूहले प्रयोग गर्दै आएका २१ वटा स्काभेक्टरमा ताल्चासहितको साङ्ला लगाइएको प्रहरीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

नदीजन्य सामग्रीको व्यवस्थापनसम्बन्धी ‘जिल्ला अनुगमन तथा समन्वय समिति’को टोलीले स्थलगतरूपमा गरेको अनुगमन र अवैध कार्य नियन्त्रणका लागि खटिएको प्रहरी टोलीले उत्खननमा संलग्न स्काभेटर नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए। 

Vianet communication
Laxmi Bank

उहाँका अनुसार नदी एवं खोलामा अवैध कार्य गर्ने तथा त्यसको आसपासमा रोकिएका स्काभेटरलाई सोही स्थानमै साङ्लो बेरेर ताल्चा लगाई साँचो कारवाहीका लागि जिल्ला समन्वय समितिमा बुझाइएको छ । 

बर्खाको समयमा जिल्लाको त्रिशूली, तादी, लिखु, कोल्पुलगायतका खोलामा अवैधरूपमा बालुवा झिक्ने समूह सक्रिय भएर दोहन बढाएपछि नियन्त्रणका लागि प्रहरी र प्रशासनले यो वर्ष साङ्लो लगाएर कडाइको प्रयास गरेको हो । नदी र खोलामा जारी उत्खनन कार्य रोक्न प्रहरीले नयाँ स्वरूपको सक्रियता चलाए पनि नियन्त्रण भने अझै प्रभावकारी नभएको स्थानीयवासीको गुनासो छ । 

साङ्ले स्काभेटरलाई ५० हजार जरिवाना 

जिल्ला अनुगमन तथा समन्वय समितिको टोलीले अनुगमनका क्रममा एवं प्रहरीबाट साङ्लो कसेका स्काभेटरलाई नगद जरिवाना तिराइने भएको छ । समितिको बैठकले ‘नदीजन्य पदार्थको अनुगमन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७६’ अनुसार पहिलोपटक साङ्लो लागेका ती उपकरणलाई रु ५० हजार जरिवाना तिराउने निर्णय गरेको समितिका अध्यक्ष एवं जिसस प्रमुख सन्तमान तामाङले जानकारी दिए। 

“अवैधरूपमा नदी उत्खननमा संलग्न उपकरणको साङ्लो खोल्न जरिवानाको व्यवस्था गरिएको छ । केहीले साङ्लै तोडेर पुनःअवैध कार्य गरेको पाइएकाले त्यसलाई थप रु ५० हजार जरिवाना लाग्ने निर्णय भएको छ”, तामाङले भने। 

सङ्कलन भएको सामग्री जफत 

समितिको बैठकले अवैधरूपमा उत्खनन गरेर सङ्कलित नदीजन्य सामग्री सम्बन्धित स्थानीय तहलाई जफत गर्न निर्देशन दिएको छ ।

जिल्लाको विदुर र बेलकोटगढी नगरपालिका तथा ताँदी, पञ्चकन्या, लिखु, किस्पाङ र तारकेश्वर गाउँपालिकालाई आफ्नो क्षेत्रभित्र अवैधरूपमा उत्खनन गरेर थुपारेका बालुवालगायतका नदीजन्य सामग्री जफत गर्न पत्राचार गरेको समितिका अध्यक्ष तामाङले जानकारी दिए। ती सामग्रीको घाटगद्दीमार्फत खुला प्रतिस्पर्धाबाट बिक्री गरेर सम्बन्धित स्थानीय तहलाई राजश्व सङ्कलन गर्न भनिएको छ । 
 
अवैध कार्यमा स्थानीयवासीदेखि जनप्रतिनिधिसम्म 

नुवाकोटका नदी र खोलामा अवैधरूपमा हुने उत्खननमा यहाँका स्थानीयवासीदेखि निर्वाचित जनप्रतिनिधिकोसमेत संलग्नता हुने गरेको पाइएको छ । निर्वाचित जनप्रतिनिधिको संरक्षणका कारण नदीजन्य सामग्रीको उत्खननमा अनुभव हासिल गरेका समूहले विभिन्न स्थानमा उत्खनन क्षेत्रको भाग लगाएर अवैध कार्य गर्ने गरेको स्थलगत अनुगमनमा पाइएको हो ।

अनुगमन गर्न पुगेको टोलीलाई तादी गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले आफ्नो क्षेत्रमा दर्ता नभई दुई वटा क्रसर उद्योग चलेका र दुई स्थानमा स्काभेटर प्रयोग गरेर अवैध उत्खनन भइरहेकाले नियन्त्रणका लागि ध्यानाकर्षण गराए ।

काम गर्ने स्थान आसपासका बासिन्दादेखि, राजनीतिज्ञ एवं सम्बन्धित स्थानका निर्वाचित जनप्रतिनिधि समेतको संलग्नताले अवैध कार्य रोक्न आफूलाई कठिन भएको गुनासो पाण्डेले गरे। 

जिल्लाको कोल्पुखोलामा अवैध उत्खनन रोक्न प्रहरी मौन रहेको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडाको भनाइ छ । “खोला किनारमा स्काभेटर र सङ्कलित बालुवा प्रहरीको चौकीबाटै देख्न सकिन्छ”, उनले भनिन्, “खोलामा गएका ती उपकरण र त्यसलाई चाहिने इन्धन लैजाँदा रोक्न नसक्नु प्रहरीको कमजोरी हो ।” रामहरि न्यौपाने,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x