बाबुराम–उपेन्द्रको पार्टीको निर्णय : संविधान दिवसमा न दिपावली, न कालो दिन

भदौ ३०, २०७६

काठमाडौं– समाजवादी पार्टी नेपालले संविधान दिवसको दिन खुशीयालीको रुपमा दिपावली वा विरोधको रुपमा कालो दिवस दुवै नमनाउने भएको छ ।

समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान त्रुटीपूर्ण एवम् अपूर्ण रहेको भन्दै यस्तो निर्णय गरिएको सोमवार एक विज्ञप्तीमार्फत जानकारी दिएको छ । 


ADVERTISEMENT

पार्टीले सविधान दिवसका अवसरमा आयोजना हुने दिपावली तथा विरेधका कुनै कार्यक्रमहरुमा सहभागि नहुने पनि निर्णय गरेको छ । 

साथै उक्त दिन ‘‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’’ विषयक अन्तरक्रियात्मक कार्यक्रमहरु सात वटै प्रदेशको राजधानीमा गर्ने निर्णय बैठकले गरेको विज्ञप्तीमार्फत केन्द्रीय प्रचार विभाग प्रमुख
प्रशान्त सिंहले जानकारी दिएका छन् । 
 

भदौ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस