×

NMB BANK
NIC ASIA

सदन सुचारू गर्न तयार भएको कांग्रेस विच्कियो, एकाएक संसद अवरुद्ध

भदौ ३०, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण प्रतिनिधि सभाको सोमवारको बैठक पनि अवरुद्ध भएको छ । बाँकेमा पार्टीकी सभापति किरण कोइरालामाथि भएको आक्रमणको विरोधमा आइतवार संसदका दुइवटा बैठक अवरुद्ध गरेको कांग्रेस सोमवार सदन सुचारू गर्न राजी भएको थियो । 

Sagarmatha Cement
Muktinath Bank

बैठकको शुरूमै कांग्रेस सचेतक पुष्पा भुसाल बोलेर बाँके घटना सम्बन्धमा प्रहरीले किटानी जाहेरी दर्ता गरेको र निश्पक्ष अनुसन्धानका लागि आग्रह गरिन् । उनले घटनामा संलग्नमाथि कारवाहीका लागि सभामुखसँग रुलिङ माग गरिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस सचेतक भुसाल बोलेर बसेपछि सभामुख कृष्णबहादुर महराले नेकपाका नन्दलाल रोका क्षेत्रीलाइ बोल्न समय दिए । बाँकेका सांसद रहेका रोकाले कांग्रेसले आरोप लगाएजस्तो घटना बाँकेमा नभएको दावी गरे ।


Advertisment
Nabil box
Kumari

उनले कांग्रेसले आरोप लगाउँदैमा कसैमाथि कारवाही गर्न नपाइने बताए ।  ‘वडाअध्यक्षलाई मुद्धा लगाउने कुरा स्वीकार्य छैन, कांग्रेसले आन्दोलन गरे आन्दोलन गर्न तयार छौं । समिति गठन गरेर छानविन गर्नुपर्छ ’ क्षेत्रीले भने । 

Vianet communication
Laxmi Bank

रोका बोल्दाबोल्दै कांग्रेस सांसदहरुले उठेर टेवल ठटाएका थिए । त्यसपछि विच्किएका प्रतिपक्षी सांसद उठेर नारावाजी गर्दै वेलमा नारावाजी गरे । उनीहरुले १५ मिनेट भन्दा बढी नारावाजी गरे ।

जागरण अभियानका क्रममा बाँकेमा पार्टीकी जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गर्ने नेकपा कार्यकर्तामाथि कारवाहीको मागगर्दै कांग्रेसले आइतवार प्रतिनिधि सभाका दुईवटा बैठक अबरुद्ध गरेको थियो । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरुबीच आइतवार राती प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमति पछि संसद अबरोध हटाउन कांग्रेस राजी भएको थियो ।

बाँके घटनामा संलग्नलाई कारवाही गर्ने, नागरिकता विधेयकमा सहमति गर्ने तथा प्रतिपक्षी दलसँग परामर्श गरेर मात्र विधेयक ल्याउने आइतवारको छलफलमा ओलीले प्रतिबद्धता जनाएका भेटमा सहभागि कांग्रेसका एक नेताले जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x