×

NMB BANK
NIC ASIA

सत्ता-प्रतिपक्ष बढ्दो दूरी

कांग्रेससँग प्रधानमन्त्री ओलीको सम्बन्ध : सुध्रियो कि झन् बिग्रियो ?

भदौ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – आइतवार आफ्नै निवास बालुवाटारमा नेपाली कांग्रेसका शीर्ष नेतासँग २ घण्टाभन्दा लामो छलफल गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अनुहार हँसिलो देखिन्थ्यो ।

Muktinath Bank

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच द्वन्द्व बढिरहेको चर्चा चलिरहेको बेलामा प्रधानमन्त्री र कांग्रेस नेतालाई बोलाएर समसामयिक परिस्थितिबारे छलफल गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपक्षीलाई भित्तैमा पुर्‍याउने गरी भाषणबाजी गर्ने उनले आफ्नो स्वभाव आजकल अलि फेरिएको जस्तो देखाउने प्रयास गरेका थिए ।


Advertisment
Nabil box
Kumari

‘नागरिकता विधेयक लगायत संसदमा विचाराधीन कतिपय अन्य विधेयकबारे प्रधानमन्त्रीज्यू आजकल अलि सिरियस देखिनुभएको छ,’ नेकपाका एक नेताले भने, ‘आइतवारको सौहार्दपूर्ण छलफलमा प्रधानमन्त्रीले अहिलेको अवस्थामा सत्तापक्ष र प्रतिपक्षी दल मिल्नुको विकल्प नभएको टिप्पणी गर्नुभयो । यसलाई प्रतिपक्षी नेपाली कांग्रेसले पनि सकारात्मक लिएको छ ।’ 

Vianet communication
Laxmi Bank

आइतवार बालुवाटारमा प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दलका नेता देउवाबीच भएको भेट

बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी थिए । बारामा आफ्ना कार्यकर्तामाथि आक्रमण भएको भन्दै कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीसमक्ष असन्तुष्टि व्यक्त गरेका थिए । आक्रमणकारीलाई कारवाही गर्नपर्ने भन्दै कांग्रेसले यसअघि दुवै सदन अवरुद्ध गरिसकेको छ ।

तर सोमवार संसदमा देखिएको दृश्यले सरकार र प्रतिपक्षीबीचमा विश्वासको खाडल बढ्दै गएको देखाएको छ ।

बाँके घटनाका सन्दर्भमा सुमन मल्लविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएसँगै कांग्रेस संसद सुचारु गर्न सहमत देखिएको थियो । सांसद पुष्पा भुसालले संसदको अवरोध हटाउने बताइन् । त्यसपछि संसद चल्ने ठानिएको थियो ।

भुसाल बोलिसकेपछि नेकपाका सांसद नन्दलाल रोका क्षेत्री बोले । उनले बाँके घटनामा कुनै हातपात नै नभएको दाबी गरे । त्यसपछि संसदमा माहोल बिग्रियो ।

परिस्थिति नेकपाकै नेताले बिगारेको आरोप कांग्रेसले लगाएको छ । 'हामीले किटानी जाहेरी दर्ता भएपछि संसद चल्न दिने निर्णय गरेका थियौं,' बैठक स्थगित भएपछि कांग्रेसकी सांसद डीला संग्रौला पन्तले लोकान्तरसँग भनिन्, 'परिस्थिति उहाँहरूले बिगार्नु भएको हो ।'

प्रधानमन्त्रीले पहिलोपटक बोलाएको त्यो सर्वदलीय बैठक 

यसअघि गत भदौ ३ गते पनि बालुवाटारमा सर्वदलीय बैठक बसेको थियो । त्यतिबेला शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा छलफल भएको थियो । वैशाख १ गतेदेखि दुवै आयोगहरू पदाधिकारीविहीन भएका छन् । 

प्रधानमन्त्री उपचारका लागि दोस्रोपटक सिंगापुर जानुभन्दा अगाडि बसेको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री शालिन भएर प्रस्तुत भएका थिए । बैठकमा सहभागी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीले आफूहरूलाई छलफलमा बोलाउनु सकारात्मक भएको टिप्पणी गरेका थिए ।

भेटघाट र छलफलमा कतिपय कांग्रेस र नेकपाका नेताहरूले आफ्नो सम्बन्ध सौहार्दपूर्ण रहेको जिकिर गरेपनि वास्तवमा त्यस्तो पाइँदैन । सार्वजनिक मंचहरूमा एकले अर्कालाई खुइल्याउने क्रम जारी छ ।

बाहिर पानी बाराबार

बैठक, छलफलमा दुवै पार्टीका नेताबीच सकारात्मक छलफल हुने भएपनि सञ्चारमाध्यममा सम्बन्ध सुध्रिएको छनक पाइँदैन । सार्वजनिक भाषणमा दुवै पार्टीका शीर्ष नेताले एकअर्कालाई जमेर आलोचना गरेको पाइन्छ ।

जारी रहेको कांग्रेसको दोस्रो चरणको जागरण अभियानमा देशभरकै ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा सरकार विरुद्धको मोर्चालाई अझ बलियो बनाएर कस्ने रणनीति लिएको छ । गत असार २२ गतेदेखि भदौ १८ गतेसम्म बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले सरकारको भण्डाफोर गर्नुपर्ने निष्कर्ष निकालेको थियो । 

गत भदौ २७ गते कांग्रेस सभापति देउवाले कम्युनिस्ट पार्टी विरुद्धमा लड्न कांग्रेस एक हुनुपर्ने अभिव्यक्ति दिए । बाँके जिल्ला सभापति किरण कोइरालामाथि भएको आक्रमणका दोषीलाई कारवाही नगरे देउवाले संसद चल्न नदिने चेतावनी दिएका थिए । त्यही कार्यक्रममा देउवाले ओलीलाई ज्ञानेन्द्रजस्तै भएको आरोप लगाएका हुन् ।

सार्वजनिक मञ्चबाट नेकपाका दुवै अध्यक्षले कांग्रेसविरुद्ध पनि प्रशस्तै कुण्ठा ओकलेका देखिन्छन् । गत असार २० गते प्रधानमन्त्री ओलीले हारेको भएपनि दुईतिहाइ सरकारको विरोध गर्न पाउने भन्दै कांग्रेसमाथि व्यंग्य कसेका थिए ।

सर्वदलीय बैठक बसेको भोलिपल्टै प्रधानमन्त्री ओलीले प्रतिपक्षी कांग्रेसलाई चुनावको तयारी गर्न चेतावनी दिएका थिए । ‘म अझै १५ वर्ष मैदानमै हुनेछु,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘मरिगए हुन्थ्यो भन्ने चाहनेहरू अर्को चुनाव सामना गर्न तयार हुनुहोस् ।’ त्यसयता प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमा कांग्रेसको आलोचना गरेका छैनन् ।

ओली र देउवा दुवै मिल्ने साथी !

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले एक रेडियो कार्यक्रममा बोल्दै ओली र देउवा दुवै एकदमै मिल्ने साथी रहेको टिप्पणी गरे । ‘उहाँहरू मिल्ने साथी हो,’ उनले भने, ‘दल र दर्शन फरक छन् । सिद्धान्तहरू फरक छन् तर प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति माननीय सांसद शेरबहादुर एकदमै मिल्ने साथी हुनुहुन्छ । उहाँहरूबीच फोन वार्ता हुन्छ ।’ 

कतिपय विषयमा भेटघाट र कुराकानी हुने रिमालले बताए । ‘त्यसैले तपाईंहरूले सोचेकोभन्दा पृथक ढंगले उहाँबीच कुराकानी, संवाद र  छलफलहरू हुन्छन्,’ रिमालले दाबी गरे, ‘उहाँहरूबीच समझदारीका कुराहरू धेरै हुन्छन् । कतिपय नियुक्तिका कुरा छन्, आयोगका कुरा छन्, यी सबैमा किन ढिला भइरहेको छ भन्दा प्रधानमन्त्रीले प्रतिपक्ष दलको नेतालाई नै कुरेर बस्नुभएको छ ।’ 

सम्बन्ध चरम अविश्वासबाट गुज्रिरहेको छ : गगन थापा 

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले सम्बन्ध राम्रो भएको दाबी गरेपनि कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकार र प्रतिपक्षीको सम्बन्ध विगत ८/१० वर्षयताकै खराब सम्बन्ध रहेको टिप्पणी गरेका छन् । 

‘गएको ८/१० वर्षको अनुभवका आधारमा मैले भन्नुपर्दा सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध हालसम्मकै चरम अविश्वासमा गुज्रिरहेको छ,’ सोमवार लोकान्तरसँग कुरा गर्दै थापाले भने, ‘कानूनहरू निर्माण गर्नेदेखि लिएर अन्य धेरै कामहरू प्रतिपक्षीको पनि सहयोगमा हुनुपर्छ तर प्रधानमन्त्रीले कांग्रेससँग ठूलो पूर्वाग्रह राख्नुभएको छ ।’

कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच भएको आइतवारको भेट पनि देउवाले चाहेर मात्र भएको थापाले दाबी गरे । ‘हिजो पार्टी सभापतिले भेट्न चाहेर भेटघाट भएको हो, नत्र प्रधानमन्त्रीले चाहनु भएको थिएन,’ उनले भने, ‘केही दिन अघि पनि सर्वदलीय बैठक भयो । उहाँ प्रधानमन्त्री भएयताको पहिलो सर्वदलीय बैठक थियो । यस्तो असामान्य परिस्थितिमा सरकारले प्रतिपक्षीको साथ सहयोग चाहनुपर्थ्यो तर त्यसो हुन सकेको छैन । प्रधानमन्त्री भएपछि जम्मा एक पटक सर्वदलीय बैठक बस्यो भन्दैमा सत्तापक्ष र प्रतिपक्षको सम्बन्ध सुध्रियो भन्न मिल्दैन ।’

थापाले प्रधानमन्त्री ओलीकै कारणले व्यवस्थामाथि नै प्रश्न उठ्ने अवस्था आएको आरोप लगाए । प्रधानमन्त्री ओली राजनीतिको आधारभूत मान्यताभन्दा बाहिर गएर प्रतिपक्षीलाई हप्काउने, तर्साउने गरेको भन्दै थापाले असन्तुष्टि व्यक्त गरे ।

‘प्रधानमन्त्रीकै तहबाट सम्बन्ध सुधारको पहल हुनुपर्छ,’ सम्बन्ध कसरी सुध्रिन्छ त भन्ने प्रश्नमा थापाको उत्तर छ, ‘उहाँले प्रतिपक्षीलाई हेर्ने दृष्टिकोण अत्यन्तै संकीर्ण देखिन्छ, यसलाई सुधार गर्नुपर्छ । उहाँ प्रधानमन्त्री भएपछि जुन अप्रोचमा हामीलाई हेरिरहनुभएको छ, त्यसलाई सुधार गर्नुपर्ने जरुरी देखिन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x