नेपाली संगीतका मुर्धन्य व्यक्तित्वको सम्मानार्थ 'दिग्गजमा समर्पित' कार्यक्रमको आयोजना

भदौ ३१, २०७६

काठमाडौं– लक्ष्मी बैंक र लक्ष्मी केयरस्ले संयुक्त रुपमा नेपालका प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगितीक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि सांगितीक कार्यक्रमको आयोजना गरेको छ । 

कार्यक्रममा नेपाली गीत, संगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवं संगीतकारहरुको उपस्थिति रहेको थियो । 


ADVERTISEMENT

कोष स्थापनाको लागि आयोजना गरिएको यस कार्यक्रमबाट संकलन भएको रकम सम्पदा सूचीमा परेका दुईवटा स्थानहरुका लागि विद्युतीय सवारी साधनको व्यवस्थामा प्रयोग गरिने छ । 

यी विद्युतीय गाडीको प्रयोग बृद्ध एवं शारीरिक रुपमा अशक्त व्यक्तिहरुका लागि निःशुल्क रुपमा प्रयोग गरिने छ । 

कार्यक्रम सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको थियो । यस कार्यक्रमसँगै लक्ष्मी केयर्सले वार्षिक शृंखलाको रुपमा यस्तो कार्यक्रम संचाला गर्नेछ । 
 

भदौ ३१, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस