×

NMB BANK
NIC ASIA

अपराध

राजधानी आसपास ठूला घटना : द्वन्द्वकाल र भारतका साना हतियारले शृंखलावद्ध अपराध

भदौ ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – रूपन्देहीको ओमसतिया गाउँपालिका–५ का महेन्द्र कुर्मीलाई बैंकबाट पैसा लिएर घरतर्फ फर्किंदै गर्दा आइतवार रोहिणी–३ मा अज्ञात समूहले गोली प्रहार गरी हत्या गर्‍यो ।

Muktinath Bank

पत्नी र बच्चाकै अगाडि आपराधिक समूहले कुर्मीलाई ३ राउन्ड गोली प्रहार गरी उनको साथमा रहेको ५ लाख रूपैयाँ समेत लुटेर लग्यो । उनको हत्यामा संलग्नलाई रूपन्देही प्रहरीले पक्राउ गर्न सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गएको चैतमा बुटवल–२ मैनाबगरस्थित अटोभिलेजमा काम गर्ने भारतीय मजदूर फिरोज खानको उनकै पत्नी साइना खातुनको योजनामा हत्या भयो । खानलाई गोली प्रहार गरी भागेर भारत पसेका खातुनका भिनाजु कादिर अन्सारीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।


Advertisment
Nabil box
Kumari

मोटरसाइकलमा आएका २ अपरिचित समूहले कपिलवस्तु कृष्णनगर–१० विद्यानगरका ४५ वर्षीया पारस पुरीलाई गएको चैत १७ गते गोली हाने ।

Vianet communication
Laxmi Bank

गम्भीर घाइते पुरीको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक हस्पिटलमा मृत्यु भयो । गत वर्ष नै कपिलवस्तुको शुद्धोधन–४ मोतिभारीका २८ वर्षीया दीपेन्द्र चौधरीको हत्या भयो ।

यी तराईका जिल्लामा साना हतियारले मच्चाएका केही आतंकका उदाहरण मात्र हुन् । खुला सीमानाका कारण साना हतियारको चलखेल बढ्दै जाँदा सीमावर्ती जिल्लामा अपराधका घटना पनि ह्वात्तै बढ्दै गएका छन् । यी घटनामा संलग्न कुनैलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

हतियार प्रयोग गर्नेहरू अपराध र लुटपाटमा संलग्न देखिन्छन् । प्रदेश राजधानीमै अपराध बढ्दै जाँदा सर्वसाधारणले असुरक्षित महसूस गरेका छन् ।

प्रदेश ५ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुभाष विक्रम शाहले खुला सिमाना र साना हतियार प्रहरीका लागि टाउको दुखाइ भएको बताए । भारतका विभिन्न शहरमा सहजै किन्न पाइने साना हतियार सीमावर्ती जिल्लासम्म भित्रिने गरेका छन् । ती हतियार अपराधमा प्रयोग भएको पाइन्छ । 

‘भारतमा सहजै किन्न पाइने साना हतियार विभिन्न क्षेत्रबाट नेपाल भित्रिन्छन्,’ शाहले लोकान्तरसँग भने, ‘खराब प्रवृत्ति भएका व्यक्ति ती हतियार अपराध, लुटपाट, चन्दा आतंकमा प्रयोग गर्छन् । रूपन्देहीमा आइतवार भएको घटना पनि त्यस्तै प्रकृतिको हो ।’

अपराधीले सडक नाका हुँदै हातहतियार नेपाल नभित्र्याउने गरेको उनले बताए । ‘हतियार खेतैखेत भित्र्याउँछन् । जसले गर्दा प्रहरीलाई चुनौती थपिँदो छ,’ उनले भने ।

घटनामा संलग्न दोषीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । जसले गर्दा अपराधीको मनोबल बढ्दै जाने सर्वसाधारण बताउँछन् । सामान चोरी र सामान्य विवादमा समेत गोली चलाउन थालिएको छ । जिल्लामा हतियारधारी असुली, चोरी र विभिन्न अपराधका घटना भइरहेका छन् ।

गत असारमा रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली हानेर ४ लाख ६३ हजार रुपैयाँ लुटेको थियो । गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी गैडहवा गाउँपालिका–४ की रेशमकुमारी मल्लबाट रकम लुटिएको थियो ।

लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको सो रकम मोटरसाइकलमा आएका व्यक्तिले गोली चलाएर लुटेको प्रहरीले जनाएको छ । मल्लले आफ्नो २ लाख र बाँकी ताल सरसफाइ समितिको रकम गरी ४ लाख ६३ हजार बोकेकी थिइन् ।

सीमावर्ती तराईका जिल्लामा साना हतियारले लामो समयदेखि नै समस्या गराउँदै आएको छ । पारिपट्टि सहज र सलुभ रुपमा पाइने हतियारको प्रभाव नेपालमा पनि परेको छ ।

कपिलवस्तु प्रहरी प्रमुख एसपी दीपशम्शेर राणाले कपिलवस्तुमा साना हतियार ठूलो चुनौतीको रूपमा रहेको बताए । ‘भारतको उत्तर प्रदेश र बिहार प्रदेशका केही शहरमा साना हतियार खुला रूपमै किन्न पाइने गरेको बताइन्छ,’ एसपी राणाले लोकान्तरसँग भने, ‘त्यहीँबाट किनेर ल्याएका हतियार सीमावर्ती जिल्लामा अपराधमा प्रयोग भएको देखिन्छन् । सशस्त्र द्वन्द्वकालको समयका हतियार पनि अपराधमा प्रयोग भएका छन् ।’

सीमावर्ती भारतीय क्षेत्रबाट पेस्तोल, माउजर र नलकटुवा चोरबाटो हुँदै नेपाल भित्र्याउने गरिएको उनले बताए । ‘हतियारको दम्भ देखाएर सर्वसाधारणलाई त्रासमा राख्ने गरिन्छ,’ उनले भने । साना हतियार सीमावर्ती क्षेत्रमा ५ हजारदेखि ५० हजार रूपैयाँसम्म किन्न पाइने उनले बताए ।

३ वर्षअघि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या, तत्कालीन एमाले कार्यकर्ता बलु पौडेलको हत्यामा पनि कुख्यात अपराधी मनोज पुनले पनि भारतमा सहजै पाइने साना हतियार प्रयोग गरेको प्रहरी अनुसन्धानबाट देखिएको जनाइएको छ । खुला सीमाका कारण बुटवल क्षेत्रमा साना हतियारको त्रास दिन प्रतिदिन बढ्दो छ । 

रूपन्देही प्रहरी प्रमुख हृदय थापाले जिल्लामा भएका अपराधका घटनामा संलग्नको सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको बताए । ‘तराईमा हतियार र लागूऔषध कारोबारी छन् । तिनीहरू यस्ता सामग्री ओसारपसार गर्छन् । यस्ता काममा सीमा क्षेत्रका भारतीय नागरिक पनि प्रयोग भएको देखिन्छ,’ थापाले भने ।

सीमा क्षेत्रमा हुने अपराध रोक्न नेपाल र भारतका प्रहरी, स्थानीय तह र सर्वसाधारणको संयुक्त प्रयास भए मात्र न्यूनीकरण गर्न सहज हुने थापा बताउँछन् । सडकका अपराध रोक्न राखिएको सीसीटीभी फुटेज संकलन गरी कुर्मी हत्याको अनुसन्धान गरिरहेको उनले बताए ।

खुला सीमा, नियमित र छड्के जाँचको अभाव, हतियारसम्बन्धी प्रभावकारी कानून नहुनु, चेकजाँचका लागि प्रभावशाली प्रविधिको अभाव, राजमार्गमा अपर्याप्त जाँचजस्ता कारणले पनि हातहतियार सहजै बुटवल, पाल्पा हुँदै पोखरा काठमाडौंसम्म पुग्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x