×

NMB BANK
NIC ASIA

अकूत पैसा भए पनि इरानसँग किन युद्ध लड्न सक्दैन साउदी अरब ?

भदौ ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – साउदी अरबको सरकारी तेल कम्पनी अरामकोमा शनिवार भएको ड्रोन आक्रमणले संसार नै आश्चर्यमा परेको छ । 

Sagarmatha Cement
Muktinath Bank

अमेरिकाले यस आक्रमणमा इरान जिम्मेवार रहेको बताएको छ तर सधैं जसो इरानले आरोपको खण्डन गरेको छ । यमनमा सक्रिय हूती संगठनले घटनाको जिम्मेवारी लिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसो त इरानसँग यस्तो आक्रमण गर्ने आधुनिक प्रविधि छ । इरान र साउदी अरबको दुश्मनीले पश्चिम एसिया अनिश्चितताको भुमरीमा छ ।


Advertisment
Nabil box
Kumari

अनि साउदी तेल कम्पनी साउदी अरामकोमाथिको यो दोस्रो आक्रमण हो । अगस्ट १७ मा २० वटा ड्रोनले साउदी अरबको प्राकृतिक ग्यास भण्डारलाई निशाना बनाइएको थियो । 

Vianet communication
Laxmi Bank

इरानले यसअघि अमेरिकी ड्रोनलाई आकाशबाट खसाएको थियो । त्यसपछि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने मन बनाएका थिए तर कारवाहीभन्दा केही मिनटअघि फैसला बदलेका थिए । 

अमेरिकी विश्लेषकहरूले साउदी अरामकोमाथि गरिएको आक्रमण निकै सुनियोजित रहेको बताएका छन् । यससँगै एउटा प्रश्न पनि उठेको छ– संसारभरि तेल आपूर्ति गर्ने साउदीसँग पैसाको अभाव छैन भने उसविरुद्ध लगातार आक्रमण किन भइरहेको छ ? 

साउदी अरबको रक्षा बजेट इरानको तुलनामा निकै धेरै छ र उसले पश्चिमी देशहरूबाट हतियार पनि आयात गर्छ । तर यमनमा हूती विद्रोहीहरूलाई तह लगाउन नसक्दा साउदीले आफ्नो पैसा सही तरिकाले खर्च गर्न नसकेको देखिन्छ । साउदीको सेना व्यवस्थित पनि छैन अनि सैनिकहरूबीच तालमेल पनि छैन । समुद्रमा इरान अहिले साउदी अरबभन्दा बढी शक्तिशाली छ । 

ग्लोबल फायरपावरले साउदी अरब र इरानको सैन्य क्षमताको तुलना यसरी गरेको छ :

साउदी अरबसँग दुई लाख ३१ हजार सैनिक छन् तर इरानको तुलनामा यो आधा मात्र हो । इरानसँग पाँच लाख ३४ हजार सैनिक छन् । पश्चिम एसियामा यो सबभन्दा ठूलो फौज हो । इरानमा १८ वर्षभन्दा बढी उमेरका पुरुषले अनिवार्य सैन्य प्रशिक्षण लिनुपर्छ । 

स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार, साउदी अरब सन् २०१७ मा सैन्य खर्चका हिसाबमा तेस्रो स्थानमा थियो । साउदीको रक्षा बजेट ६९.४ अर्ब डलर थियो । इरानको रक्षा बजेट सन् २०१७ मा भने १४.५ अर्ब डलर थियो । 

साउदी अरबको सेनासँग ११ सय ४२ ट्यांक छन् । रक्षामा यति धेरै खर्च गरे पनि साउदीसँग हतियार उद्योग छैन । भारतपछि साउदी अरब संसारको सबभन्दा ठूलो हतियार आयात गर्ने देश हो र अमेरिकाले साउदीलाई सबभन्दा धेरै हतियार आपूर्ति गर्छ । 

सन् २०१६ मा अमेरिकासँग साउदीले अबराम ट्यांक डील गरेको थियो । तर ती ट्यांकहरूलाई हूती लडाकूहरूले इरानमा बनेको रकेटको सहायताले नष्ट गरिदिएका थिए । 

इरानसँग १६ सय ५० ट्यांक छन् । उससँग स्ट्राइकर नामक युद्धट्यांक छ । 

साउदीसँग ३२२ रकेट प्रोजेक्टर छन् भने इरानसँग १५ सय ३३ रकेट प्रोजेक्टर छन् । न्युयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टअनुसार, इरानले मरुभूमिमा गोप्य रूपमा आधुनिक मिसाइल बनाइरहेको छ र ती क्षेप्यास्त्रले लामो दूरीमा मार हान्न सक्छन् । 

साउदीको जलसेना कमजोर छ । उससँग म्मिा ५५ वटा समुद्री जहाज छ । इरानसँग भने ३९८ मा समुद्री जहाज छ । 

इरानको रेभोल्युसनरी गार्ड्सका जलसेना अध्यक्ष अलीरेजा तांगसिरीले इरानको नियन्त्रण पर्सियन खाडीभरि रहेको बताए । 

इरानले ससाना स्पीडबोटले घातक आक्रमण गर्न सक्छ । साउदी अरबको जलसेनासँग पनडुब्बी छैन भने इरानसँग ३३ वटा पनडुब्बी छ । तिनमा ५३३ मिलिमिटरका दुईवटा टोर्पीडो लैजाने क्षमता छ ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x