कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सियोल- दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । मंगलवार यहाँका स्वास्थ्य अधिकारीहरूले सो कुरा पुष्टि गरेका छन् ।
सुँगुरबाट सर्ने यो रोगका कारण चीनदेखि उत्तर कोरियासम्म कैयौं सुँगुर मारिएका छन् । अफ्रिकाबाट शुरू भएको यस प्रकोपका कारण ती देशका पनि कैयौं सुँगुर काटिएका थिए जसका कारण हाल विश्वभर सुँगुरको मासुको मूल्य बढेको छ ।
सङ्क्रमणका कारण ज्वरो आउने यस स्वाइन फ्लू नामक प्रकोप देखा परेको दक्षिण कोरिया पछिल्लो देश हो ।
दुई कोरियाको सीमा क्षेत्रमा रहेको एक नगर पाजुको एक सुँगुर फार्ममा पाँच ओटा सुँगुर मरेको अवस्थामा भेटिएका थिए ।
मरेका ती सुँगुर भेटिएपछि गरिएको अनुसन्धानका क्रममा ती सुँगुरमा नै फ्लू भएको पाइएको दक्षिण कोरियाली कृषि मन्त्रालयका कर्मचारीलाई उद्धृत गर्दै दिइएको समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाको कृषि मन्त्रालयका अधिकारीले एएफपी समाचार समितिलाई दिएको जानकारी अनुसार फार्ममा मरेका सुंगुरमा स्वाइन फ्लू प्रमाणित भइसकेको छ, अरु अनुसन्धान जारी छ ।
ती अधिकारीले उत्तर कोरियाको सिमानाबाट उक्त फ्लू दक्षिणमा देखिएको हुनसक्ने अनुमानलाई अहिले नै स्वीकार गर्न भने नसकिने बताए ।
उनले भने, 'अहिले नै यो फ्लू उत्तर कोरियाबाट यता सर्यो भनेर भन्न सकिने अवस्था छैन, किनभने यसबारेमा अनुसन्धान भइरहेकाले उक्त सम्भावनालाई पुष्टि गर्नु चाँडै हुनेछ ।'
दक्षिण कोरियाका कृषि मन्त्री किम हायन सुले उक्त फार्ममा ३ हजार ९५० ओटा सुंगुर रहेकोले उनीहरूलाई विशेष निगरानीमा राखिने जानकारी दिए ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...