कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
असोज १, २०७६
जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाबाट बयानका क्रममा थुनुवा भागेपछि थुनुवा पहिचानका लागि प्रहरीले ‘थुनुवा ज्याकेट’ लगाएर बयान लिने काम थालेको छ ।
प्रहरी कार्यालयका थुनुवालाई अदालत, सरकारी वकिल कार्यालय र प्रहरीकै अपराध अनुसन्धान शाखामा लैजाँदा थुनुवा पहिचान हुने ज्याकेट लगाएर ल्याउने–लैजाने गरिएको छ ।
यसअघि थुनुवालाई बयानका लागि अदालत वा सरकारी वकिलको कार्यालयमा पुर्याउँदा थुनुवाले नै लगाएको आफ्नै पोशाकमा लैजाने गरिन्थ्यो तर अब थुनुवा पहिचान हुने ज्याकेट लगाउने गरिएको छ । थुनुवाले लगाउने ज्याकेटको पछाडि ‘जिल्ला प्रहरी कार्यालय धनुषा हिरासत कक्ष’ लेखिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले भीडभाडमा पनि सजिलैसँग थुनुवाको पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले थुनुवालाई ज्याकेट लगाएर बयानका लागि सम्बन्धित निकायमा लैजाने गरिएको छ ।
‘प्रमुख जिल्ला अधिकारी (सीडीओ) सा’पको निर्देशन बमोजिम नै थुनुवालाई प्रहरी हिरासतबाट बाहिर लग्दा प्रहरी हिरासतको थुनुवा रहेको स्पष्ट झल्किने गरी ज्याकेट लगाउने गरिएको छ,’ जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका डीएसपी कार्कीले भने, ‘विगतमा जिल्ला प्रहरी कार्यालयमै बयानका क्रममा भीडभाडको फाइदा उठाउँदै १ जना थुनुवा फरार भएपछि थुनुवा पहिचानको लागि ज्याकेट लगाउने गरिएको छ ।’
गत साउन २९ गते प्रहरी हिरासतमा रहेका बलात्कार मुद्दाका अभियुक्त राममनि यादव बयानकै क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाबाट फरार भएका थिए । यादवसँग बयान लिने प्रहरी सहायक निरीक्षक रामकुमार भण्डारीलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले तत्कालै निलम्बन गरेर छानबिनको प्रक्रिया अगाडि बढाएका थिए । फरार भएका यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साहको कमाण्डमा गएको प्रहरी टोलीले सिरहाको नेपाल–भारत सीमामा पर्ने माडरबाट गत भदौ ४ गते पक्राउ गरेको थियो ।
फरार अभियुक्त पक्राउ भएपनि निलम्बित असई भण्डारीको निलम्बन फुकुवा भएको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी सन्तुप्रसाद जैसवारको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । ‘६ महिनाको अवधि हुन्छ, हामीले लगभग छानबिन गरिसकेका छौं,’ डीएसपी जैसवारले भने, ‘छानबिन समितिमा रहेका एक जना प्रहरी निरीक्षक अहिले बिदामा गएकाले उनी आउने बित्तिकै प्रतिवेदनमा हस्ताक्षर गरेपछि एसपी सा’पलाई प्रतिवेदन बुझाउँछौं ।’
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...