×

NMB BANK
NIC ASIA

कानून मन्त्रीको जवाफ कांग्रेसलाई 'फेस सेभिङ', हट्यो संसद्को अवरोध

असोज १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– बाँकेको खजुरामा नेपाली कांग्रेसकी जिल्ला सभापति किरण कोइरालामाथि भएको आक्रमणमा संलग्नलाई कारवाही गर्ने सरकारको प्रतिबद्धतापछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद्मा जारी गतिरोध अन्त्य गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले कांग्रेस सभापति कोइरालामाथि आक्रमण गर्ने दोषीलाई कानूनी कारवाही गरिने प्रतिबद्धता जनाए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्रीसँग बालुवाटामा भएको छलफलमा दोषीमाथि कारवाही गर्ने वचनबद्धता व्यक्त भएको जानकारी गराउँछु,’ ढकालले भने, ‘गल्ती नगरेका कोही फस्दैनन्, गल्ती गरेका कानूनी कारवाहीमा पर्छन् ।’


Advertisment
Nabil box
Kumari

त्यसअघि प्रतिनिधि सभा बैठकको शुरूमै सभामुखसँग समय लिएर नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडूले किटानी जाहेरी दिएको ४ दिनसम्म दर्ता नभएको भन्दै सरकारको जवाफ माग गरे । 

Vianet communication
Laxmi Bank

‘यो राजनीतिकरण गर्ने विषय थिएन, सरकारको जवाफ माग गर्दा सांसदहरूबाट जवाफ आउँदा दोषी लुकाउने कोशिश भएकाले आवाज उठाएका हौं,’ कांग्रेसले गठन गरेको छायाँ मन्त्रिपरिषद्का गृहमन्त्री समेत रहेका बडूले भने ।

यसअघि बाँके घटनाको विषयलाई लिएर कांग्रेसले आइतवार संसद्का दुई बैठक र सोमवार एउटा बैठक अवरुद्ध गरेको थियो । 

प्रतिनिधि सभाको बैठक सुचारू भएपछि स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सार्वजनिक महत्त्वको विषयमा बोलेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x