एनआईसी एशिया बैंकको शाखा सल्यानको श्रीनगरमा

असोज १, २०७६

काठमाडौं– एनआईसी एशिया बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा सञ्चालनमा आएको छ । मंगलवारदेखि शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगर शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ  । 

शाखा कार्यालयको उद्घाटन शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले गरेका थिए । 


ADVERTISEMENT

बैंकको हालसम्म मुलुकभर २ सय ९८ शाखा कार्यलयहरु सञ्चालनमा रहेका छन् भने ३ सय ५७ वटा एटीएम, ६९ वटा एक्स्टेन्सन काउन्टर एवम् ४१ वटा शाखारहित बैंकिङमार्फत कारोबार गर्दै आइरहेको छ । 

असोज १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस