कात्तिक १८, २०८०
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
असोज १, २०७६
काठमाडौँ - उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगुको संक्रमण नियन्त्रणमै रहेकाले आपतकालीन अवस्थाको घोषणा गर्न आवश्यक नरहेको बताएका छन् ।
बुधवार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै स्वास्थ्यमन्त्री यादवले नेपालमा लामखुट्टेबाट संक्रमण हुने अन्य रोगहरू पनि निवारण भइसकेकाले डेंगु नियन्त्रणका लागि सरकारले संचालन गरेका अभियानहरू प्रभावकारी बन्दै गरेको दाबी गरे ।
मन्त्री यादवले डेंगुबाट नेपालमात्र नभई अन्य एसियाली देशहरू पनि संक्रमित रहेको बताउँदै नेपालको समस्या ठूलो नभएको जिकिर गरेका छन् ।
'एसियाली मुलुक सिंगापुरमा ११ हजार बढी, बंगलादेशमा ७० हजार, श्रीलंकामा ५० हजार, थाइल्याण्डमा ५५ हजार, मलेसियामा ८२ हजार, फिलिपिन्समा २ लाख ५० हजारमा संक्रमण देखिएको छ,' यादवले भने, 'विश्वमा ३ दशमलव ९ अर्ब मान्छेहरू जोखिममा रहेका छन् भने विश्व स्वास्थ्य संगठनले डेंगुलाई १० प्रमुख खतरामध्ये राखेको छ ।'
२०६१ सालमा चितवनमा पहिलोपटक देखिएको डेंगुको संक्रमण त्यसपछि ३० गुणासम्म बढेको जानकारी यादवले दिए । 'अहिले ५६ जिल्लामा संक्रमणको जोखिम देखिएको छ,' उनले भने, 'हालसम्म ५ हजार ९५ जनामा संक्रमण देखिएको तर जम्मा ६ जनाको मृत्यु भएको छ । यो नेपालको मात्र नभएर विश्वकै चुनौतीका रूपमा देखिएको छ ।'
मन्त्री यादवले पछिल्लो समयमा डेंगुको संक्रमितहरूको संख्या विस्तारै घट्दै गइरहेको र नियन्त्रण उन्मुख रहेको बताए । उनले डेंगु गराउने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियाननै प्रभावकारी हुने दाबी गरे ।
हालसम्म ८५ वटा स्थानीय तहमा डेंगु नियन्त्रणका लागि १ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी यादवले दिए । उनका अनुसार प्रदेश सरकारमार्फत ६ करोड भन्दा बढी डेंगु नियन्त्रणका लागि खर्च भइसकेको छ ।
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...