×

NMB BANK
NIC ASIA

सगरमाथा संवादमा जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस

असोज १, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं–आगामी चैत २१ र २२ गते आयोजना गरिने अन्तर्राष्ट्रियस्तरको सगरमाथा संवादमा ‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ मा बहस हुने भएको छ । 

Muktinath Bank

नेपालले हासिल गरेका राजनीतिक, सामाजिक, आर्थिक, वातावरणीय, द्वन्द्व समाधान, मौलिक शान्ति प्रक्रियाजस्ता विषयका उपलब्धि तथा अनुभवलाई विश्व समुदायमाझ आदानप्रदान गर्ने उद्देश्यले सगरमाथा संवाद आयोजना हुन लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रको गरिमासँग गाँसिएको उक्त संवादलाई सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित विषयका जानकार, उच्च राजनीतिक नेतृत्व, सरकारी अधिकारी, सञ्चारकर्मीसँग आज (बुधवार) परराष्ट्र मन्त्रालयले राजधानीमा ‘सगरमाथा संवाद राष्ट्रिय परामर्श’ गोष्ठी आयोजना गरेको छ । 


Advertisment
Nabil box
Kumari

त्यस अवसरमा परामर्श गोष्ठीका सभापति तथा सगरमाथा संवाद निर्देशक एवं आयोजक समितिका संयोजक परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पछिल्लो समयमा विश्वमञ्चमा वातावरण, जलवायु परिवर्तन, विश्वव्यापार, अर्थतन्त्र, आतङ्कवाद, आप्रवासन, बौद्धिक सम्पत्ति, सूचना प्रविधि तथा अन्य नवीनतम प्रविधिजस्ता विषयले महत्व पाएको बताए। 

Vianet communication
Laxmi Bank

“राष्ट्रिय, क्षेत्रीय एवं विश्वव्यापी, साझा चासोका त्यस्ता विषयमा गहन छलफल गरी विचारविमर्शका माध्यमबाट विश्व समुदायको ध्यान आकृष्ट गर्न, अन्तर्राष्ट्रिय समर्थन तथा सहानुभूति प्राप्त गर्न र ती क्षेत्रका समस्याहरू समाधानका निम्ति संवाद उपयोगी हुने छ ।” सगरमाथा संवादको औचित्य र आवश्यकता औँल्याउँदै उनले भने। 

नेपालले सामना गर्नुपरिरहेका क्षेत्रीय तथा विश्वव्यापी समान चासोका मुद्दा, वातावरणीय, आर्थिक, सामाजिक–सांस्कृतिक तथा शासकीय विषयका साथै नेपालको विकासका साझेदार, अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, प्राज्ञिक व्यक्तित्वलगायत समाजका सबै वर्गलाई नियमित रुपमा नेपालमा संवाद गराइ मतैक्यता प्रवद्धन र समस्याहरूको समाधान पहिल्याउन ठोस योगदान गर्नु संवादको उद्देश्य भएको मन्त्री ज्ञवालीले स्पष्ट गरे। 

सगरमाथा संवादको उद्देश्य अझ प्रष्ट्याउँथै उनले भने, “यो मञ्चको माध्यमबाट विश्वमा द्वन्द्व समाधानका अनेकौँ उपायहरूमध्ये नेपालको मौलिक शान्ति प्रक्रिया, नेपालको समावेशी प्रजातन्त्र, वातावरण संरक्षणमा नेपालका सफलताहरू नेपालको सांस्कृतिक विविधता, विश्व शान्ति स्थापनामा नेपालले  गरेको योगदान, क्षेत्रीय सहयोग प्रवद्र्धनमा नेपालको भूमिका, महिला उत्थान तथा अन्य सीमान्तकृत वर्गको सशक्तीकरणबारे विश्व समुदायलाई बुझाउँदै साझा हितका विष्यमा बौद्धिक बहस गर्नु हो ।”

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको विषयलाई आम जनसरोकारको विषय बनाउनुपर्नेमा जोड दिँदै यसका नकारात्मक असरबारे सबै नेपालीलाई बुझाउनुपर्ने बताए। विश्व समुदायकै साझा सरोकारको यो गम्भीर विषयमा गहन बहस र छलफल अपरिहार्य भएको उनको कथन थियो । 

जलवायु परिवर्तनको सङ्कट सम्बोधन गर्ने दिशामा उच्च राजनीतिक नेतृत्व, तथा समग्र विश्व समुदायबीच जलवायु परिवर्तनको सङ्कटबारे समान धारणा बनाउन तथा उक्त सङ्कटसँग जुध्न राजनीतक तहलाई इच्छाशक्ति देखाउन उत्प्रेरित गर्नु सगरमाथा संवादको पहिलो संस्करणको उद्देश्य भएको मन्त्री बस्नेतले बताए। 

सगरमाथा संवादको पहिलो संस्करणमा जलवायु परिवर्तनजस्तो बहुआयामिक तथा बहुक्षेत्रीय विषयअन्तर्गत परम्परागत ज्ञान, प्रविधि र संस्कृति, कृषि, खाद्य सुरक्षा, वन तथा जैविक विविधता, हरित अर्थतन्त्र, पर्यटन, ऊर्जा र जललगायत विषयमा केन्द्रित रहेर बहस एवम् छलफल हुने बताइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x