×

NMB BANK
NIC ASIA

सामाजिक सुरक्षा

प्रदेशमा ‘समाजवादी’ सम्झौता : सरकारले गर्‍यो सबै प्रदेशवासीको दुर्घटना बीमा

असोज १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेश सरकारले सबै प्रदेशवासी लाभान्वित हुने गरी सामूहिक दुर्घटना बीमा कार्यक्रम सम्बन्धी सम्झौता गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

आन्तरिक मामिला तथा कानून मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच बुधवार सम्झौता भई बीमा शुभारम्भ भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनतालाई थप राहत दिन बीमा कार्यक्रम लागू गरिएको बताए । ‘हरेक प्रकारका प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको प्रदेश कर्णाली नै हो । भीरपाखा धेरै भएको प्रदेश हो । बर्सेनि धेरै मानिस भीरबाट खसेर मर्ने गरेका छन्,’ उनले भने, ‘आगलागी, चट्याङ, बाढीपहिरो जस्ता विपत्ति कर्णालीमा आउने गरेको छ । सरकार तथा जनतालाई धेरै ठूलो राहत दिने अपेक्षासहित बीमा कार्यक्रम ल्याएको हो । सबै जनताको बीमा गर्ने भनेर कम्पनीसँग सम्झौता गरेका हौं ।’


Advertisment
Nabil box
Kumari

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बीमा कार्यक्रमको सम्झौता ऐतिहासिक पल भएको बताए । ‘केही यस्ता कार्यक्रम हुन्छन्, जो कार्यक्रम हेर्दाखेरी सामान्य लाग्छन् तर यसले गहिरो प्रभाव पारिरहेको हुन्छ । यो कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्वद्ध निकायलाई क्रियाशील हुनका लागि आग्रह गर्दछु,’ मन्त्री भण्डारीले भने, ‘मन्त्रालय, बीमा संस्थान, अन्य संस्था र स्वयं जनताले पनि ऐतिहासिक कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्छ । समाजवाद उन्मुख अर्थतन्त्रका लागि यस्ता कार्यक्रम आवश्यक छ । समाजवाद उन्मुख देश हो भन्ने कुरा यस्ता कार्यक्रमले जनाउँछ ।’ कार्यक्रम अन्तर्गत चालू वर्ष १० हजार घरको बीमा गराइने उनले बताए । 

Vianet communication
Laxmi Bank

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले कर्णाली सरकारले कर्णालीवासीकोे लागि सामाजिक न्याय गरेको बताइन् ।

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले समाजवादउन्मुख अर्थतन्त्रलाई टेवा पुर्‍याउन सामूहिक दुर्घटना बीमा सहयोगी हुने बताए । मौलिक हकमा रहेको सामाजिक सुरक्षाको कार्यक्रमलाई तीनै तहका सरकारले महत्त्व दिएको बताउँदै  कम्पनीले निर्जीवन बीमा गर्ने, व्यावसायिक दक्षता बढाइ पहुँच विस्तार गर्दै आम्दानी गर्ने र नेपाल सरकारले ल्याउने यस्ता सामिाजिक सुरक्षामा सामाजिक उत्तरदायित्वको काम गर्ने बताए ।

‘कर्णाली प्रदेशमा धेरै जोखिम छन् । यी सबैलाई एकै पटक समाधान गर्न समस्या छ । सबैलाई एउटै डालोमा समेटेर १७ लाख ५० हजार जनताको बीमा गरिएको छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x