नेपाल इन्भेष्टमेन्ट बैंक र रेडक्रस सोसाइटीबीच सहमतिपत्रमा हस्ताक्षर

असोज १, २०७६

काठमाडौं–नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र नेपाल रेडक्रस सोसाइटीबीच स्वास्थ्य हेरचाह र साक्षरता प्रबद्र्धनका लागि सहमति भएको छ । 

बुधवार सहमतिपत्रमा हस्ताक्षर गर्नुका साथै नेपाल रेडक्रस सोसाइटीलाई रु ५ लाख बराबरको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 


ADVERTISEMENT

रक्तदान÷संकलन, सचेतना तथा स्वास्थ्य जीवनलाई सुधार तथा प्रबद्र्धनका लागि आवश्यक ज्ञान अभिवृद्धि गर्ने काममा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल रेडक्रसलाई आर्थिक सहयोग गरिएको बैंकले बताएको छ ।
 

असोज १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस