×

NMB BANK
NIC ASIA

'भ्रष्टाचारविरोधी अभियान यसरी चलाउँछौं कि संसद्को नयाँ भवनमा बहस नै गर्नु नपरोस्‘

असोज १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा संघीय संसद् भवनको शिलान्यास गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

शहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले बुधवार भवनको शिलान्यास गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदीय प्रणालीको राजनीति गरे पनि संसद् बस्ने ठाउँ नभएकोे स्थिति अब अन्त्य हुने बताए ।


Advertisment
Nabil box
Kumari

करीब ५ अर्ब ३० करोड रुपैयाँको लागतमा तीन वर्षमा निर्माण सम्पन्न हुने यो भवनको निर्माण समय र गुणस्तरियतामा कुनै सम्झौता नहुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

Vianet communication
Laxmi Bank

‘निर्माणमा कुनै प्रकारको विलम्ब मान्य हुँदैन, समयभित्र काम सक्नुहोस्, गुणस्तरमा सम्झौता हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यस भवनमा नेपाललाई अग्रगतिमा लैजाने ठूला–ठूला निर्णयहरू हुनेछन्, यही भवनबाट धेरैवटा सक्षम सरकारहरू बन्नेछन् भन्ने मेरो अपेक्षा छ ।’

प्रधानमन्त्री ओलीले देश विकासको गतिमा अघि बढिसकेको उल्लेख गरे । ‘हामीले डेढ वर्षमा गरेका कामको परिणाम देखिन थालेको छ, अमलेखगञ्ज–मोतिहारी पाइपलाइनबाट इन्धन ल्याउने कुरा त्यसको एउटा उदाहरण हो,’ प्रधानमन्त्री ओलीले भने, ‘आगामी चैतभित्र रानीपोखरी निर्माण भइसक्छ, अरू यस्ता थुप्रै ठूला आयोजनाहरू अब निर्माण सम्पन्न भइसक्नेछन् ।’

सरकार सुशासन र भ्रष्टचारविरोधी अभियानमा सक्रियतापूर्वक लागेको प्रधानमन्त्री ओलीले जिकिर गरे । ‘हामी भ्रष्टाचारविरोधी अभियान यसरी चलाउँछौं कि यो संसद्मा त्यस विषयमा बहस नै गर्नु नपरोस्,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि कतैबट खतरा आए सरकार सहेर नबस्ने बताए ।

‘लोकतन्त्रमाथि खतरा आए सरकार सहेर बस्दैन, संविधानअनुसार जनताको बलिदानी खेर जान नदिन हामी सजग छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी लोकतान्त्रिक प्रणालीमा मात्र होइन, लोकतान्त्रिक प्रक्रियामा पनि विश्वास गर्छौं ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x