प्रधानसेनापति त्री एडभेन्चर प्रतियोगीता सम्पन्न

असोज १, २०७६

काठमाडौं–नेपाली सेनाले आयोजना गरेको तेस्रो प्रधानसेनापति अन्तर्राष्ट्रिय ‘त्री एडभेन्चर प्रतियोगीता–२०७६’ सम्पन्न भएको  छ ।

धादिङ्गको बैरेनीदेखि चरौंदीसम्म सञ्चालन भएको साहसिक प्रतियोगितामा ६.७ किलोमिटर दौड, २६ किलोमिटर साईक्लिङ्ग र ११ किलोमिटर ¥याफ्टिङ्ग गरी ३ वटा प्रतियोगिता जम्मा दुरी ४३.७ किलोमिटर सम्मपन्न भएको होे ।  


ADVERTISEMENT

१५ टिमहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको २ टिम सहित स्वदेशी १० टिम र मित्रराष्ट्रहरु भारत, माल्दिभ्स्, बंगलादेश, श्रीङ्काका ५ टिमको सहभागीता रहेको नेपाली सेनाले जनाएको छ ।

माल्दिभ्स र भारतले पहिलो पटक सहभागिता जनाएका थिए, भने पाकिस्तानबाट अब्जरभरको रुपमा १ जना अधिकृत उपस्थित रहेका थिए ।

प्रतियोगितामा सहभागी टिमहरु मध्ये २ घण्टा २० मिनेट ४८ सेकेण्डमा उक्त दुरी पार गरी प्रथम हुने नेपाली सेनाको त्रिभुवन आर्मी क्लब  टिम ए २ घण्टा २५ मिनेट ३२ सेकेण्डमा दुरी पार गरी दोस्रो हुने भारतीय सेनाको टिम ए र २ घण्टा २६ मिनेट १५ सेकेण्डमा दुरी पार गरी तेस्रो हुने भारतीय सेनाकै टिम बीलाई प्रधानसेनापति थापाले ट्रफि तथा नगद पुरस्कार क्रमशः रु १,५०,०००, रु १,००,००० र रु ७५,००० प्रदान गरेका थिए ।

यस्तैै महिला तर्फ ३ घण्टा १८ मिनेट २० सेकेण्डमा  उक्त दुरी पार गरी प्रथम  हुने एन टि ए टिम ए र ४ घण्टा १४ मिनेट ५० सेकेण्डको समयावधिका साथ दोश्रो भकाए प्याडल्स नेपाल टिम पी लाई थापाले ट्रफि तथा नगद पुरस्कार क्रमशः रु ५०,००० र रु ३०,००० प्रदान गएका थिए ।

 

 

असोज १, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस