मदन भण्डारी मेमोरियल एकेडेमीमा प्रभू बैंकको एक्स्टेन्सन काउन्टर

असोज २, २०७६

काठमाडौं – प्रभू बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

उर्लाबारीस्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा स्थापित एक्स्टेन्सन काउन्टरको बिहीवार एकेडेमीका कार्यकारी निर्देशक विनोद अर्यालले एक समारोहबीच उद्घाट्न गरे ।


ADVERTISEMENT

मदन भण्डारी मेमोरियल एकेडेमीमो अध्यनरत विद्यार्थीले अब विना झन्झट प्रभू बैंकको एक्स्टेन्सन काउन्टरबाट कारोबार गर्र्न सक्नेछन् । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभू बैंकले मदन भण्डारी मेमोरियल ऐकेडेमीमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । सेवाग्राही प्रभू बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । 

प्रभू बैंकले १९५ वटा शाखा कार्यालय, १५२ वटा एटीएम तथा ३३ वटा एक्स्टेन्सन काउन्टरमार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको जनाइएको छ ।

असोज २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस