×

NMB BANK
NIC ASIA

आवश्यकता र औचित्यमा संविधान संशोधन : उपप्रम पोखरेल

असोज २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताएका छन् ।

Muktinath Bank

संविधान दिवसको अवसरमा आज उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतले बिहीवार राजधानीमा आयोजना गरेको ‘संविधान कार्यान्वयन  उपलब्धि र आगामी मार्गचित्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले संविधानका कार्यान्वयनका केही चुनौती रहेकाले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गरिने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले संविधानमा उल्लेख गरिएका केही कुरा कार्यान्वयन गराउन चुनौती रहेकाले त्यस्ता चुनौतीको बारेमा ध्यान जान जरुरी रहेको धारणा राखे ।


Advertisment
Nabil box
Kumari

“मौलिक हक रहेको स्वास्थ्य र शिक्षामा सबैको सहज पहुँच पुर्‍याउन समस्या रहेको छ । गरीबी निवारणका बारेमा अहिलेकै प्रणालीबाट ठोस र परिमाण दिन सक्न पनि चुनौती रहेको छ”, उनले भने, “चुनौतीलाई समाधान गर्न संविधान संशोधन आवश्यक रहेको छ ।”

Vianet communication
Laxmi Bank

उनले अहिलेको न्यायप्रणालीबाट आम नागरिकले न्याय प्राप्त गरेको अनुभव पाउनुपर्ने भए तापनि त्यसो हुन नसकेको बताए ।

उनले १५ औं योजनाले तय गरेका लक्ष्य पूरा गर्न पनि अहिलेको संविधानबाट चुनौती रहेको बताए ।

संविधानका चुनौतीलाई चिर्दै संविधानको गतिशीलता प्रदान गरेर मुलुकलाई समृद्धि बनाउनुपर्ने उनको भनाइ रहेको थियो । उनले संविधानमा व्यवस्था गरिएको निर्वाचन प्रणाली पनि खर्चिलो भएकाले संशोधनको आवश्यकता रहेको बताए  । उनले सरकारले संविधान संशोधन गर्न नचाहेको भनेर भ्रम छर्न खोजिरहेको बताए ।

“सरकारले संविधान संशोधन गर्न नचाहेको खोजिरहेको भनेर केही समूहले भन्ने गरेका छन् । यो सत्य होइन” उपप्रम पोखरेलले भने, “संविधानमा नै संशोधनको व्यवस्था गरिएकाले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ ।” रक्षामन्त्री पोखरेलले संविधान हतारमा नभई विधि प्रक्रियाबाट जारी गरिएको जानकारी गराए ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधान कार्यान्वयन अझै परिपक्व चरणमा नपुगेको बताए ।

“कतिपय विषयवस्तु कार्यान्वयन गर्दै जानुपर्ने भएकाले अझै संविधान कार्यान्वयन अझै परिपक्व भइरहेको छैन”, उनले भने, “विस्तारै कार्यान्वयन गर्दै संविधान परिपक्व हुन्छ ।”

पण्डितले संविधान ढाल्नेको निम्ति केहीले बोक्रा ताछ्ने काम गरिरहेकाले त्यो स्वीकार्य नहुने भन्दै गणतन्त्र, सङ्घीयता, लोकतान्त्रिक प्रक्रियालाई समाप्त पार्नेजस्ता विरोधका कार्य क्रमशः घट्दै गइरहेको बताए । उनले एकातिर पदमा बस्ने र अर्कोतिर संविधान मान्दैन भन्ने नपाउनेसमेत बताए ।

नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरीले पहिलोपटक सार्वभौमसत्ता नेपाली जनतामा राखिएको अहिलेको संविधान सबैले मिलेर कार्यान्वयन गर्नुपर्ने बताए ।

“योभन्दा राम्रो सविधान अरू हुन सक्दैन”, उनले भने, “यही संविधानबाट मुलुकलाई समृद्धि बनाउनु पर्दछ ।”

प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले संविधानलाई जीवन्त बनाउन यसका सुधार पक्षलाई ध्यान दिनुपर्ने बताए ।

उनले संविधान आफैँमा पूर्ण नहुने भन्दै अभ्यास गरेर नै यसमा सुधार गर्दै जानुपर्ने बताए । वित्तीय सङ्घीयता विज्ञ डा खिमलाल देवकोटाले संविधानबारे भ्रम चिर्नुपर्ने बताए ।

“सङ्घीयता, धर्म निरपेक्ष, गणतन्त्रले नै मुलुकको विकास हासिल गर्ने हो”, उनले भने, “तर यसबारे भ्रम फैलाइँदै छ । समयमा नै यसलाई चिर्नुपर्दछ ।” 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x