कति छ आज सुनको मूल्य ?

असोज ३, २०७६

काठमाडौं– नेपाली बजारमा सुनको भाउ बढेको छ ।

शुक्रवार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।


ADVERTISEMENT

विहिवार छापावाल सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

शुक्रवार तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

महासँघका अनुसार, शुक्रवार चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । विहिवार चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । 
 

असोज ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस