×

NMB BANK
NIC ASIA

इजरायलमा अरब नेताहरू निर्णायक साबित हुँदै

असोज ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – इजरायलमा हालै सम्पन्न आमनिर्वाचनपछि नयाँ राजनीतिक शक्तिको उदय भएको छ । 

Muktinath Bank

आगामी समयमा इजरायलको कुनै अरब नेता हरेक महिना त्यहाँको जासूसी संस्था मोसादको बैठकमा भाग लिएमा कुनै आश्चर्य हुने छैन । इजरायल भ्रमण गर्ने सबै विदेशी राष्ट्रप्रमुखसँग अरब नेताले बैठक गरेमा पनि आश्चर्य हुने छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलोपटक कुनै अरब नेताले इजरायली संसदमा प्रतिपक्षी दलको नेताको भूमिका निर्वाह गर्न सक्नेछ । 


Advertisment
Nabil box
Kumari

चुनावपछि सत्तामा को आउँछ भन्ने कुरा निश्चित छैन तर इजरयालका अल्पसंख्यक अबरहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सत्तामा पकड कमजोर भने बनाउनेछन् । 

Vianet communication
Laxmi Bank

इजरायलमा मंगलवार आमनिर्वाचन सम्पन्न भएको थियो । लगभग ९७ प्रतिशत भोट गणना भइसकेको छ । १२० सीट भएको इजरायली संसदमा नेतान्याहुको लिकुड पार्टीले ३१, बेनप् ग्यान्जको ब्लु यान्ड ह्वाइट पार्टीले ३३ र अरब पार्टी जोइन्ट लिस्टले १३ सीट पाएका छन् । अन्य दलले ४१ सीट जितेका छन् । 

अरब पार्टीहरू बलियो हुनुको सबभन्दा ठूलो कारण उनीहरूको एकता हो । यसपटक अरब पार्टीहरूले जोइन्ट लिस्टको ब्यानरमा रही गठबन्धन बनाएर चुनाव लडे । 

अप्रिलमा भएको निर्वाचनमा तीनवटा अरब दलमा मतभेद हुँदा बेग्लाबेग्लै गरी चुनाव लडेका थिए ।

यसपालि नेतान्याहुले अरब नेताहरूलाई बेवास्ता गरेर आफ्नो दक्षिणपन्थी आधारलाई बलियो बनाउने रणनीति अपनाए । यो रणनीति असफल भयो र मतदान बहिष्कार गर्ने अरबहरू समेत ठूलो संख्यामा मताधिकार उपयोगमा लागे ।

पाँच महिनाअघिको चुनावमा अरब मतदातामध्ये ४९ प्रतिशतले मत दिएका थिए भने यसपालि ६० प्रतिशतले दिए । इजरायलमा अरब मतदाताको संख्या १८ लाख छ र कुल मतदाताको लगभग २० प्रतिशत संख्या त्यो हो ।

अघिल्लो चुनावमा भन्दा पनि खराब प्रदर्शन गरेपछि नेतान्याहुले ब्लु यान्ड ह्वाइट पार्टीका बेनी ग्यान्जसँग बृहत्तर एकताबद्ध सरकार गठनमा साथ दिन आह्वान गरेका छन् । यस्तो अवस्थामा जोइन्ट लिस्टको भूमिका महत्त्वपूर्ण हुनेछ । 

जोइन्ट लिस्टको भूमिकाका विषयमा दुईवटा सम्भावना छन् । लिकुड र ब्लु यान्ड ह्वाइट मिलेर गठबन्धन सरकार बनाए भने जोइन्ट लिस्टका नेता अयमान ओदेह इजरायली संसद्को विपक्षी दलको नेता बन्ने पहिलो अरब हुनेछन् । 

अर्को सम्भावना चाहिँ जोइन्ट लिस्टले मध्यमार्गी सरकारलाई बाहिरबाट समर्थन दिने हो । अरब दलहरूले पहिला पनि यस्तो गरिसकेका छन् । सन् १९९२ मा यित्ज्याक रबिनको सरकारलाई उनीहरूले बाहिरबाट समर्थन दिएका थिए । 

नेतान्याहुको लिकुड पार्टी दक्षिणपन्थी हो भने ग्यान्जको ब्लु यान्ड ह्वाइट पार्टी उदारवादी दल हो । प्यालेस्टाइनीहरूसँगको कुराकानीका विषयमा ग्यान्जको विचार बढी उदारवादी छ । 

ग्यान्जले नेतान्याहुको आह्वानमा प्रतिक्रिया दिएका छैनन् तर जोइन्ट लिस्टको ओदेहसँग सम्पर्क गरेका छन् । दुवै नेता कुराकानीका लागि सहमत भएका छन् ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x